जोगिको धुनि को रापमा
चिलिमको गाँजाको वाफमा
तीनापने प्यालाको धाक मा
तिम्रो बिछोडको मार मा
आज याहाँ नौनी पर्यो
तिम्ले छाडेको बर्षात मा
स्वर्गले खबर देको भए
प्रकृति ले बानी पार्देको भए
तिमीलाई अझै बसौँ भन्थेँ
तिम्रो तनमा नौनी लाउथेँ
तिमी झस्कदै आछी भन्थेऊ
फेरी तिम्रो तन लाइ नै नौनी बनाउथेँ
मेरी भेलेनटाइन आज जाऊ भन्थेँ
तेही नौनी मा रमाइ रमाइकन मर्थें
यही दिन मा नौनी भाई झर्थे
प्रेम दिवस कै चारैत्र म बन्थेँ
यो सब भन्दैछु सेता डाँडा नेर
तिमी इन्द्र महल मा, म बेघर
तिमी स्वर्ग मा सुर्य तापेर
म यस धर्ती मा प्रेम शाहीद बनेर
कमल उप्रती
Subscribe to:
Post Comments (Atom)

1 comment:
कमल जी के भयो त्यस्तो ? खुब बिरह पोख्नु भएछ । चिन्ता नगर्नु त्यस्तै हो समय जस्तै मान्छे पनि निस्ठुरी नै हुन्छन् । तर तपाईँ प्रेमशहीद चाहिँ नबन्नुहोला । यो अलि सुहाएन ।
Post a Comment