Saturday, February 10, 2007

नेपाली स्वादको अण्डा करि

आज शनिवार, बिदाको दिनमा मस्तले नेपाली खाना बनाएर खाउँला भन्ने कत्रो योजना थियो ! त्यसोत इछ्छा भएपछि किन पछि परिन्थ्यो र, अण्डा र च्याउ किनिवरि ल्याएर मज्जाले प्याज भुटियो अनि च्याउ पनि भुटियो र उसिनेको अण्डा पनि हालियो । अब गजबको स्वाद आउने भयो कतिखेर पाक्छ र खाउँला जस्तो भएको थियो । त्यहि भएर नेपाली जिरा मसला, वेसार, नुन हालेर पकाएको । वास्ना पनि निकै मिठो आएको थियो । मन थाम्न गाह्रो भएको थियो । सँगै रहेको मेरो रुममेट सुजन, दुई जना कोरियन पाहुना (भन्साको पाहुना मात्र नि फेरी ) सन इम र मेजुन इम पनि खानको लागि आतुर थिए । अब जाबो अण्डाको करि पाक्न के समय लाग्नु नि ! पाक्यो । मज्जाले भात हालेर करि हालेर खानलाई मुखमा के हालिएको थियो करिको स्वाद त गुलियो पो रहेछ । प्याज, र गोलभेडा बढि भएर होला भनेर अलि अलि नुन थपेर खाइयो । बिचरा सन इम र मेजुन इमले त नेपाली खानाको स्वाद त्यस्तै होला भन्ने ठानेका रहेछन् । पछि खाइसकेपछि पो त्यो अगि मैले हालेको नुनको पोका हेर्दा थाहा भो त्यो त चिनी पो रहेछ । अनि त मेजुन इम त मरि मरि हाँस्न थाली र भनी मैले त यो नेपाली खानको यस्तै स्वाद होला भनेर केहि नभनेको बल्ल अब मैले कुरा बुझेँ । हा हा हा, एकछिन रमाइलो भयो । के गर्नु अघिको करि अझै बाँकि छ, भरे बेलुका डिनरमा पनि त्यहि खानु पर्छ । बल्ल तल्ल बनाएको नेपाली खाना खन्छौँ नि । वा मन्नु पर्छ मेरो पकाउने सिपलाई ।

5 comments:

Anonymous said...

दिपेसजि तपाईंले नेपालको परम्परा भने छोड्नु भएन छ। चोखोनितो पारेर पाहुनालाई खुवाउनु भएछ किनभने तपाई (भान्से) ले नचाखीकन पाहुनालाई खुवाउनु भयो। यदि पहिलेनै चाखेर दिनुभयेको भए समस्या पर्ने थिएन होला। जेहोस छोरो विदेशवाट घर फर्किदा राम्रो कुक पनि भएछ भन्ने भए बा-आमाले।
---नोबल----

मार्कोनी अधिकारी said...

GOOD JOB

Anonymous said...

ke ho dipeshji!!korean mitra haruko name ta thik sanga lekhnus!!!sunim haina sunyoung ra misum haina misung ho !!dhnaybat tapaiko chini pakwanlai!!!

Anonymous said...

yehi sathi ma rate kaila haina la birseko ke mata sete kaila po ho kasto birseko ke aama amma

Anonymous said...

Deepesh Ji Kho professor Sharma hunu vayachhani
Ghadi herera khana banaunu vayako vaya anda hatma hunthyo hola ajhai ramailo hune thiyo
take care