तिमी अनि म
मात्र, म अनि तिमी
एउटा बिकसित शहर
त्यस भित्रको एउटा
"रङशाला"
त्याँहाका दर्शक
तिमी अनि म
मात्रै, म अनि तिमी
दुबै पक्ष
खेलाडी पनि
रेफ्री पनि
दुबै का लक्ष्य
एकातिर तिम्रो मन
अर्को तिर मेरो,
त्यो अन्तरङ मा
हामी,
तिमी अनि म
मात्र म अनि तिमी
रङ्शालको बिचमा
"एक भकुन्डो"
त्यसमा लेखिएको नाम
प्रेम
त्यहाँ भित्र हाम्रा छन
सबैजाना तिमी अनि म
मात्र म अनि तिमी
हामी,.....
रेफ्री को सिठी को प्रतिक्षा गर्छौं
तिमी सिठी बज्ने बित्तिकै प्रहार गर्न खोज्ने
म पनि तिमी जस्तै
प्रहार गर्ने,
हामी सबै,
तिमी अनि म
मात्र म अनि तिमी
सिठी बज्छ
तिमी मौन
म मौन
दुबै मौन
हामी, कोलाहालको बिचमा
कोलाहाल पनि मौन
सबै "प्रेम" नामको भकुन्डो बाट नियन्त्रीत
एक बाट अर्को
सबै मा तिमी अनि म
मात्र म अनि तिमी
मैले अनि तिमीले
तिमी लाइ
अनि मलाई.......
कमल उप्रेती
Subscribe to:
Post Comments (Atom)

1 comment:
Kamal G ko bedana ane bhawana dipesh G mo madyam bata padna payeyo, bahut khusi lagyo.
Post a Comment