करिव करिव नेपालको जति नै क्षेत्रफल भएको उत्तर अमेरीकि देश निकारागुवा, इतिहासमा लामो समय सम्म स्पेनको उपनिवेशमा रहेको, करिव ४२ वर्ष सम्म तानाशाही सोमोजा परिवारको शासनमा रहेको देश अनि हिँसा , साम्राज्यवादी हस्तक्षप र राजनैतिक अस्थिरताको चपेटामा परेको देश । निकारागुवाको बिगत ५०,६० वर्षको इतिहासलाई हेर्दा धेरै कुरा अहिलेको नेपाल सँग तुलनायोग्य छन् ।
सन १९२६, २७ ताका कन्जर्भेटिभ खेमाका सेना प्रमुख इमिलियानो च्यामोराओले सत्ता हत्त्याउने प्रयास गरेपछि लिबरल खेमाका नेता अगस्टो सेयेजर सान्डिनो को समुह ले त्यसको विरुद्धमा सङ्घर्ष गरेको थियो । सोहि समयमा च्यामोराओ विरुद्धको सङ्घर्षमा अनास्तासियो समोजा गार्सिया पनि लिबरल खेमामा सङ्गठित थिए । अन्तमा तत्कालिन समस्या समाधान गर्ने प्रयास स्वरुप अमेरिकाले आफ्नो एकजना कुटनितिज्ञ हेनरी लिविस स्टिमसन लाई खटाएको थियो । उनि त्यहाँ लिवरल खेमाका धेरै जस्तो असन्तुष्ट पक्षहरुलाई अमेरिकाको प्रत्यक्ष निगरानिमा चुनाव गराउने कुरामा सहमत गराउन सफल भएका थिए । तर अमेरिकि हस्तक्षपको विरोध गरिरहेको सान्डिनोको समुहले अमेरिको निगरानिमा भएको चुनावको विरोध गर्यो र भाग लिएन ।
यसरी त्यहाँको मुख्य राजनैतिक शक्तिको असहमति हुँदा हुँदै पनि अमेरिकाको प्रत्यक्ष निर्देशनमा चुनाव सम्पन्न गरेपछि सान्डिनो बाहेकका लिवरल घटकहरु सत्तामा आउन सफल भए । सन १९१२ देखि निकारागुआमा रहँदै आएको अमेरिकि जलसेनालाई फिर्ता बोलाएपछि अमेरिकि हस्तक्षप विरुद्ध गुरिल्ला युद्ध चलाईरहेका अगस्तो सान्डिनो ले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यसैताका देखि तनासाह अनास्तासियो समोजा निकारागुआको नेसनल सेक्युरिटि गार्डको प्रमुखको रुपमा राजनितिमा उदाउन थालेका थिए ।
समोजा र बिद्रोहि नेता सान्डिनो विच चर्को द्वन्द्व चलेको थियो र अन्तमा १९३४ मा सोमोजाद्वारा नेतृत्व गरेको नेसनल सेक्युरिटि गार्डका मान्छेहरुले सान्डिनोको अपहरण पछि हत्या गरे । सन १९३६ मा लिवरल समुहका राष्ट्रपति जुआन वतिस्ता सरकारलाई अपदस्त गरेर अनास्तासिओ सोमोजा राष्ट्रपति बने ।
सन १९५६ मा अनास्तासिओ सोमोजाको हत्या पछि उनका छोरा लुइस सोमोजा देवेइले अनि फेरि अर्का छोरा अनास्तासिओ सोमोजा देवेइले हुँदै १९७९ सम्म करिव ४२ वर्ष सोमोजा परिवारको शासन कायम रह्यो ।
भ्रष्टाचार, नातावाद सोमोजा शासन कालका उपहार थिए । समोजाका नातेदार र आसेपासेहरुले अकुत सम्पत्ति जम्मा गरेका थिए । त्यसैबिच ७० को दशक सम्म आइपुग्दा सोमोजा शासनले निकै कडा विरोधको सामना गर्नु पर्यो । सान्डिनिस्टा लिवरेसन फ्रन्ट (सान्डिनिस्टा) र डेमोक्रेटिक लिवरेसन युनियन नाम गरेका दुई प्रभावशाली विरोधि पार्टिहरुले संयुक्त रुपमा सोमोजा सरकारका विरुद्धमा आन्दोलन छेडे र अन्तमा सोमोजा सरकार ढल्यो । त्यसपछि वामपन्थि सान्डिनिस्टा पार्टिको नेतृत्वमा सरकार गठन भयो ।
सान्डिनिस्टा सरकारले थुप्रै राजनैतिक र आर्थिक परिवर्तनहरु ल्यायो । आर्थिक श्रोत साधनलाई ब्यापक रुपमा राष्ट्रियकरण गर्यो । क्रान्तिकारी भुमिसुधार तथा शिक्षा र स्वस्थ्य जस्ता अति महत्वपूर्ण क्षेत्रमा गरेको सुधारका कारण त्यसताका किसान र मध्यम वर्गको ठूलो हिस्साले सान्डिनिस्ता सरकारलाई समर्थन गरेको थियो ।
सोभियत रुस र क्युवाको समर्थन भएको वामपन्थि समर्थक सान्डिनिस्टा सरकारलाई अमेरिकाले असहयोग गर्ने निति मात्र लिएन त्यसको विरुद्धमा प्रतिक्रान्तिकारी कोन्ट्रा समुहलाई CIA ले हतियार र तालिम नै दियो । सन १९८४ मा अमेरिकि कंग्रेसले कोन्ट्रालाई सैनिक सहयोग दिन बन्द गर्ने निर्णय गरेको थियो । तर यसलाई छल्न तत्कालिन राष्ट्रपति रोनाल्ड रेगनले इजरायल मार्फत इरानलाई हतियार वेचेर आएको पैसाले कोन्ट्रालाई सहयोग गरेको तथ्यहरु भेटिए जुन प्रसिद्ध “इरान कोन्ट्रा कान्ड” को रुपमा चिनिन्छ ।
कोन्ट्रा समुह विभिन्न सान्डानिस्टा विरोधि समुह मिलेर बनेको थियो । त्यसमा सोमोजा समर्थकहरु, र सान्डिनिस्टाबाट अलग भएका व्यक्तिहरुले नेतृत्व गरेका थिए । तिनीहरुले सान्डिनिस्टा सरकार गठन भएदेखिनै सरकारको हरेक निति र कृयाकलापको विरोध गर्ने र त्यसका विरुद्ध हिँसात्मक कारवाहिहरु सञ्चालन गर्ने गर्थे । विभिन्न जातीय नारा उचालेर अर्को समुहमाथि आक्रमण गर्थे ।
१९७९ देखि १९९० सम्ममा निकारागुआमा करिव ३०,००० मान्छे मारिएका थिए । एमनेष्टि इन्टरनेस्नल र अमेरिकि वाच जस्ता संस्थाको भनाई अनुसार कोन्ट्रा समुहले ब्यापक रुपमा मानव अधिकारको हनन् गरेको थियो । तिनीहरुले सर्वसाधरण नागरिकलाई हमाला गर्ने घरमा आगो लगाउने, बालि नस्ट गर्ने जस्ता कार्यहरु गरेका थिए । कयौँ ठाउँमा लुट र बलात्कारलाई हतियारको रुपमा प्रयोग गरेका थिए ।
एकजना सान्डिनिस्टा समर्थक मिलिसियाले एउटा बेलायति पत्रिकालाई दिएको अन्तर्वार्तामा यसो भनेका छन “रोसाको स्तन काटिएको थियो । उनको छाति चिरेर मुटु बाहिर निकालिएको थियो ।” त्यस्तै त्यसको प्रतिवादमा कोन्ट्राले एउटा पत्रमा यस्तो उल्लेख गरेको थियो “एउटा नाबालकले आफ्नै अगाडि आफ्नी आमाको बलात्कार गरेर स्तन काटिदिएको देख्यो । त्यसपछि त्यस केटा कोन्ट्रामा सङ्लग्न भयो । “
यी दुईवटा उदाहरणबाट पनि हामी अनुमान लगाउन सक्छौँ त्यसबखत कस्ता जघन्न्य अपराध भए होलान् भनेर ।
निकारागुआको विगत इतिहासलाई केलाउँदा कतिपय प्रसंग बर्तमान नेपालसँग मिल्दोजुल्दो पाइन्छ । गत वर्षको १९ दिने आन्दोलनको सफलतापछि देशमा नाटकीय ढङ्गले राजनैतिक परिवर्तन भयो । समग्र राज्यको ढाँचा र शासन शक्तिमा नै रुपान्तरण हुने दिशा तर्फ मुलुक अगाडि बढ्न थालेको छ । तर त्यस सँग सँगै अनेक किसिमका चुनौति र अराजकता पनि दिन प्रतिदिन बढ्न थालेको छ । विषेश गरेर तराइ क्षेत्रमा देखिएका हिँसाले कतै निकारागुआको आर्को रुप नेपालमा देखिन लागेको त हैन भन्ने थुप्रै आशङ्काहरु जन्माएको छ । तराई क्षेत्रमा बिगत ६, ७ महिनामा भइका हिँसात्मक घटनाहरुमा देखिएका पासविकता, महिलाहमाथि बलात्कार पछि स्तन काट्ने जस्ता जघन्य अपराधहरु ले निकारागुआको सङ्केत गरेका छन् । यहाँ पनि अनेक नामधारि हिँसात्मक सङ्गठनहरु दिन दिनै जन्मने क्रम तिब्र छ । यी सम्पूर्ण कुराको पृष्ठभूमि र विगत १९ दिने जनआन्दोलनको उत्थान देखि अहिले सम्म अमेरिकि राजदुतको चलखेल, उनका गैह्र कुटनैतिक अभिव्यक्तिहरु आदिको विश्लेषणले कतै यी हिँसात्मक संगठनहरु नेपालमा जन्मिएका कोन्ट्राहरु त हैनन् भन्ने सहज आशङ्का जन्मिन पुगेको छ ।

1 comment:
dipesh ji
Its grt
keep it up
Post a Comment