Thursday, August 2, 2007

गजल

चन्द्रमा नै झर्यो भनी टोलाएर हेर्न थाले
फेरी पनि शंका लाग्यो बोलाएर हेर्न थाले

मस्त थियौ चाँदनी झै चाँदमै हराएर होला
कतै माया होला भनी मन डोलाएर हेर्न थाले

गगनमा बादलुले ढाक्यो भनी मन मेरो डराउदा
यो मनको ढोका सबै एकैपटक खोलाएर हेर्न थाले

कतै दिनमा देखीएको सपना पो देखे कि भनी
झस्किएर यो मुटुलाई भित्रबाटै लोलाएर हेर्न थाले

परीहरुको दुनियाबाट बाटो कतै बिराएर हो की भनी
मनबाटा शंका हटाइ बिश्बास सबै घोलाएर हेर्न थाले
कृष्ण के सी "छाल"
पाला 2खहरे बाग्लुङ
हाल chhalkri@yahoo.com बाट

1 comments:

aawaz.blogsome.com said...

Such A nice poem
Really nice