डा. ऋषिराज बराल
जारमा देखिने धेरैजसो पुस्तकहरू च्ााहे ती साहित्यिक हुन् या गैरसाहित्यिक तिनका टाउका या पुच्छरमा मूलतः टाउकामै 'भूमिका' नामको एउटा शर्ीष्ाक जोडिएको पाइन्छ । चलन, आवश्यकता र वाध्यता भनेर जेजे तर्क गरिए पनि यसले एउटा फेसनकै रूप लिएको देखिन्छ । भूमिका कोद्वारा लेखाउने वा किन लेखाउने भन्नेमा आ-आफ्नै तर्क, मत, र विवादहरू रहेका छन् र यस्तो हुनु स्वाभाविक पनि छ । यसका सकारात्मक र नकारात्मक दुवै पक्षहरू छन् । भूमिका के हो - यथार्थतः भूमिका परिचय हो । एउटा कलाकृति वा कुनै पुस्तकको पाठमा प्रवेश गर्नुअघि त्यसबारे जानकारी दिने एउटा परिचयात्मक प्रयास भन्न भूमिका लेखाउने कामको कुरा गर्दा नयाँ लेखकहरूको यसप्रति बढी रुचि रहेको पाइन्छ । यसको अर्थ पुराना लेखकहरूले यसबारे रुचि राखेका हुँदैनन् भन्ने चाहिँ होइन । नयाँहरू चिनिन, चर्चामा आउन र स्थापित हुन बढी लालायित र छट्पटिएका हुन्छन् । आफ्नो लेखनप्रति पाठकको ध्यान जवोस् भनेर नयाँहरू ध्यानाकर्षाका नयाँनयाँ उपायको खोजीमा पनि हुन्छन् । नयाँ लेखक-साहित्यकारका बारेमा कुनै स्थापित र चर्चित लेखक तथा समालोचकले राम्रो बोलिदिए वा लेखिदिए मात्र पनि त्यसको प्रभाव पाठकहरूमा पर्छ भन्ने विश्वास पनि हुने गरेको छ । यसमा सत्यताको मात्रा पनि केही छ । कतिपयले एउटै पुस्तकमा तीन-चार जनाको टिप्पणी, भूमिका र अभिमत पनि राख्ने गरेको पाइन्छ। । यसमा 'सबैको साझा' हुने , बजार बनाउने र विस्तार गर्ने मनसाय र स्वार्थ पनि लुकेको हुन्छ । कतिपय प्रकाशकहरू बजारमा चर्चाका विषय बनेका स्तम्भकारहरू र लेखकहरू र नेताहरूलाई आकर्ष पारिश्रमिक दिएर भूमिका लेखाउने गर्दछन् र बजारशास्त्रको प्रयोग गर्दछन् । यो पनि भूमिका-लेखनसित गाँसिएको उदेकलाग्दो तर यथार्थ पक्ष हो ।कसैप्रतिको श्रद्धाभावका कारण पनि भूमिका लेख्ने-लेखाउने गरिन्छ र पनि भूमिका लेख्ने-लेखाउने काममा व्यक्तिगत रागात्मक पक्षका साथै बजार-विस्तारको स्वार्थ बढी गाँसिएको हुन्छ । नयाँ नयाँ समयमा पाठकहरूबीच परिचय नबनेको अवस्थामा राम्रो सिर्जना र कलाकृतिले पनि पाठको ध्यानाकर्षा गनै नसकेर बजार पाउन सक्तैन । बोल्नेको मकैको पीठो पनि रातारात बिक्ने जमाना हो यो । प्रचारप्रसार र होहल्ला गरेर सडेको र काम नलाग्ने माललाई पनि ताजा र सुन्दर भनेर र मानेर किनबेच गर्ने जमाना हो । सोह्रसय ब्रिmी नभए पनि सोह्रहजार भनेर हल्ला गर्ने यस जमानामा बिनाप्रचार-प्रसार राम्रो कृति पनि पाठकको ध्यानमा नपुग्न सक्छ । यस्तो अवस्थामा विशेषज्ञ वा स्थापित व्यक्तिले केही भनिदिनु वा लेखिदिनु महत्त्वपर्ूण्ा कार्य हुनसक्छ । यस्तोबेला इमान्दार अग्रज र समालोचकहरूले स्रष्टाको क्षमता र प्रतिभाबारे केही भन्नु र बोल्नु स्वभाविकमात्र होइन आवश्यक नै हुन्छ तर व्यवहारमा यो पक्ष त्यति स्वाभाविक र इमान्दारीका साथ आएको पाइँदैन । के को प्रशंसा गर्ने र कसको प्रशंसा गर्ने भन्ने कुरासित कृति मात्र नगाँसिएर जातीय, क्षेत्रीय, लिङ्गीय आग्रहका साथै नाता-सम्बन्ध र व्यक्तिगत रागात्मक पक्ष पनि गाँसिने गरेको पाइन्छ । फलस्वरुप परिचयात्मक सर्न्दर्भभन्दा अर्कै कार्य प्रधान बन्ने बन्दछ । यति हुँदाहुँदै पनि भूमिका लेख्ने कार्य सबै गलत, स्वार्थप्रेरित र रागात्मक मोहसित मात्र गाँसिएको हुन्छ भनेर म भन्दिन र पनि लेख्ने र लेखाउने कार्यसित केही न केही स्वार्थ त गाँसिएकै हुन्छ । आफ्नो बारेमा राम्रो लेखिदेओस् भन्ने चाहना भूमिका लेखाउनेमा हुनु स्वाभाविकै हो । यस्तो आशा पूरा गर्न लेखिने भूमिकामा इमान्दारीको निर्वाह कुन हदसम्म हुन्छ होला भन्ने कुराचाहिँ सोचनीय छ । प्रशंसा खोजेर आफ्नो अनुकूल भूमिका लेखाउने भनेको वास्तवमा वैशाखीको खोजी नै हो । यथार्थतः परिचय, प्रशंसा र बजार-विस्तार जस्ता कुराबाट भूमिका-लेखन पृथक रहन सक्तैन । 'अमुकद्वारा भूमिका लेखिएको' भनेर प्रचार गरिने परम्पराबाट पनि भूमिका-लेखनसित बजारशास्त्र र पाठक-मनोविज्ञान गाँसिएको कुरा सहजै अनुभव गर्न सकिन्छ ।विश्व साहित्यको इतिहास अध्ययन गर्दा भूमिका-लेखन कार्य आपFmँैमा एउटा विशिष्ट कार्य बनेको यथार्थ हाम्रा सामु छ । त्यहाँ पनि यो पक्ष विशेष चर्चा र बहस बनेको इतिहास पाइन्छ । यति मात्र नभएर भूमिका आफैँमा सोध र अनुसन्धानको विषय बनेको पनि पाइन्छ । त्यतातिर नगएर नेपाली समाज र साहित्यको मात्रै कुरा गर्दा पनि भूमिका- लेखन एउटा रोचक सर्न्दर्भ बनेको तथ्य देखापर्दछ ।नेपाली साहित्यको इतिहास हर्ेदा केही व्यक्तिहरू भूमिका-लेखन र पुस्तक-परिचय लेखकका रुपमा बढी चिनिएका पाइन्छन् । आजभोलि बजारमा देखिने गाइड लेखकहरूलाई लेखक-साहित्यकार भनेर नाम लिनुपर्ने वाध्यता जस्तै भूमिका लेखकमै वा पुस्तक परिचय लेख्नमै सीमित व्यक्तिलाई समालोचक भन्नुपर्दा एकदमै विरक्त लाग्ने गर्दछ । तर पनि यो एउटा यथार्थ बनिसकेको छ । भूमिका लेख्ने काम समालोचकहरूबाटै हुनुपर्छ भन्ने आग्रहचाहिँ गर्नु हुँदैन । कवि, कथाकार, उपन्यासकार, सचेत पाठक र राजनीतिज्ञ पनि भूमिका लेखक हुने गरेको छ र यस्तो हुनुलाई अन्यथा ठान्नु पनि हुँदैन । भूमिका-लेखनसित गाँसिएको एउटा महत्त्वपर्ूण्ा कुरा के हो भने राजनीतिक क्षेत्रमा होस् या साहित्य-कलाका क्षेत्रमा होस् निश्चित कालखण्ड र निश्चित समयमा चर्चामा जो छ त्यसैलाई भूमिका लेखनकार्यमा बढी प्रयोग गर्ने गरेको पाइन्छ । यस अर्थमा निश्चित पात्रद्वारा लेखाउनुमा वैचारिक सामिप्य, व्यक्तिगत श्रद्धा वा रागात्मकता मात्र लुकेको छैन बरु यससित अन्यपक्ष पनि जोडिएको छ । यथार्थ के हो भने समकालीन समाजशास्त्र र बजारशास्त्रको भूमिकासित भूमिका-लेखनकार्य गहिरोसित जोडिएको छ ।भूमिका-लेखन र नेपाली साहित्यको कुरा गर्दा पारिजातको शरीषको फूलको निकै चर्चा गर्ने गरिन्छ । यस उपन्यासलाई लामिछानेको भूमिकाले चर्चित बनाएको भनाइ पनि कतिपयको रहेको छ । वास्तवमा यो त्यतिबेलाको समाजशास्त्र र बजारशास्त्रको कमाल मात्र थियो । कुमार जोशीको देवकोटासम्बन्धी पुस्तकमा बासुदेव त्रिपाठीको भूमिका पुस्तकभन्दा चर्चाको विषय बनेको हो प्राज्ञिक क्षेत्रमा । त्यस्तै मञ्जुलका कवितामाथि रघुपन्तको दिक्कलाग्दो भूमिका पनि प्रगतिशील पाठकबीच हाँसोको विषय बनेकै हो । एक समय थियो मार्क्सवादी कित्ताका गोविन्द भट्ट, श्यामप्रसाद, पारिजात,मोदनाथ प्रश्रतिकहाँ नयाँ लेखकहरू भूमिका लेखाउन धाउने गर्दथे । पारिजातको भूमिका लेखाउन पाए कुनै पनि नयाँ लेखक युद्ध जितेकै अनुभव गर्दथ्यो । साथै पारिजातले कसैको कृति राम्रो छ भनिदिँदा त्यसैको अर्कै प्रभाव पनि पर्नेगर्दथ्यो । पारिजात जस्तो कलाचेत र सौर्न्दर्यचेत भएको स्रष्टाले राम्रो भन्नुका पछाडि केही आधार छ भन्ने पनि तर्क गर्नु अस्वाभाविक थिएन ।समकालीन समाजशास्त्र र बजारशास्त्रको कसीमा अहिले गोविन्द भट्ट, श्यामप्रसाद शर्मा र मोदनाथ प्रश्रति असफल भएका छन् । अहिले पात्रहरू फेरिएका छन् , भूमिका लेख्ने र लेखाउने काम चाहिँ घटेको छैन । बरु यस कार्यमा उदेकलाग्दा प्रसङ्गहरू देखिएका छन् ।एक दशकअघिको कुरा हो आहुतिजीलाई पनि आफ्नो उपन्यास नयाँ घरको बजार बनाउन चैतन्य -कमरेड किरण) र मोहनव्रिmम सिंहको सहयोग लिनु आवश्यक लाग्यो । उपन्यास राम्रो छ, थियो । कविका रूपमा बढी परिचित र स्थापित आहुतिको सो उपन्यास जति चासोको विषय बन्नर्ुपर्दथ्यो बन्न सकेन । त्यहाँ पाठकीय समाजशास्त्रले काम गर्यो । त्यो भन्दा बढी 'साझा' बन्ने उनको बजारशास्त्रीय दर्शन नराम्रो गरी असफल भयो । 'भूमिका' भूमिकाको रूपमा नबुझिएर अर्कै रूपमा बुझियो । मलाई लाग्छ आहुतिजस्ता प्रतिभाका लागि वैशाखीको आवश्यकता छैन । त्यो समय उनले पार गरिसकेका हुन् ।यता आएर पाठकीय मनोविज्ञान र समाजशास्त्र र बजारशास्त्रका दृष्टिले माओवादी नेता , लेखक र साहित्यकारहरूको आयाम फैलिएकै हो । बजार-व्यवसाय र समकालीन समाजशास्त्रलाई ध्यानमा राखेर पनि होला माध्यमहरू यो पक्षलाई स्थान दिन बढी आतुर देखिन्छन् । बजारशास्त्र र समाजशास्त्रको समकालीन मनोविज्ञानलाई प्रयोग गरेर माओवादी नेता र लेखकहरूबाट भूमिका लेखाउने काममा यता निकै तीब्रता देखिएको छ । भूमिका लेख्ने र लेखाउने कामको स्थिति हर्ेदाचाहि“ बडो उदेकलाग्दो अवस्था देखिन्छ । माओवादी पार्टर्ीीशान्तिपर्ूण्ा सङ्र्घष्ाको नया“ चरणमा प्रवेश' गरेपछि खुला गतिविधिमा तीब्रता आउनु हुनु स्वाभाविक थियो । यसबीच पत्रपत्रिका र पुस्तक आदिहरू प्रशस्त मात्रामा प्रकशित पनि भए । पाठकहरू नयाँ कुरा सुन्न र पढ्न चाहन्थे र लामो अवधिसम्म गुम्सिएर रहेका अनुभूति र अभिव्यक्तिलाई लेखक-साहित्यकारहरू र नेताहरू पनि छिटोभन्दा छिटो र बढीभन्दा बढी मात्रामा पाठकसमक्ष ल्याउन चाहन्थेँ राजनीतिमा यो कसरी बाँच्ला भोलिको कुरा हो । साहित्य-कलामा यसलाई बढीभन्दा बढी ल्याउनर्ुपर्छ र जनयुद्धलाई कलामार्फ बचाइराख्नु पर्छ भन्ने मेरो भारणा छ । यता प्रकाशित भएका पुस्तकहरू अध्ययन गर्दा भने ती पुस्तकहरू प्रकाशित गरिहाल्नुपर्ने वा प्रकाशनयोग्य भएको अनुभूत हुँदैन । प्रकाशन गर्नुअघि सामान्य सम्पादन र परिष्कार गर्नुसमेत आवश्यक नठानिएका ती पुस्तकहरू पल्टाउँदा टीठलाग्दो स्थितिबोध हुन्छ ।माओवादी पार्टर्ीीनेता र भूमिका लेखनकार्यमा दर्ुइटा प्रवृत्ति चाहिँ विशेष टिप्पणीका विषय बनेका छन् । एउटा प्रवृति हो कामरेड प्रचण्डको लामो-छोटो जे-जस्तो किसिमको भए पनि भूमिका लेखाएर आफूलाई परिचित, स्थापित र आधिकारिक बनाउने प्रयास र अर्को हो एउटै पुस्तकमा धेरै जनाको भूमिका लेखाएर आफूलाई 'चर्चित' बनाउने प्रयास । कुरा के हो भने साहित्यकै पुस्तक भए पनि कामरेड प्रचण्डको भूमिका लेखाउनु हुँदैन भन्ने होइन, छोटो प्रतिव्रिmयाको रुपमा भए पनि गोर्कीको 'आमा' बारेको लेनिनको प्रतिव्रिmया सो उपन्यासमा राख्ने गरेको पाइएको छ र माओले पनि कवितासङ्ग्रको छोटो भूमिका लेखेका छन् । प्रचण्डले भूमिका लेख्नु बेठीक भन्न खोजिएको होइन ,तर भूमिका लेख्नु, टिप्पणी गर्नु र प्रतिव्रिmया दिनु एउटै कुरा होइनन् । भूमिका लेखाउनेले कुन उद्देश्य राखेर लेखाउन चाहेको हो, त्योचाहिँ ध्यान दिनुपर्ने कुरा हो । सरल, सहज, स्वाभाविक र सबैप्रति हार्दिक हुनुको अर्थ हलुका हुनु वा गम्भीरताको अभाव झल्किनु होइन ।कामरेड प्रचण्डको भूमिका वा टिप्पणी लेखाएर कसैले आफूलाई माओवादी पार्टर्ीीे खास मान्छे, प्रचण्डको नजिकको मान्छे वा त्यस्तै केही ठानेर आफ्नो ट्रेडमार्क बनाउन र आफ्नो पुस्तकप्रति पाठक र समालोचकको ध्यानाकर्षा गर्नसक्छ । समकालीन समाजशास्त्र र बजारशास्त्रबाट फाइदा लिने उसको चाहना हुनसक्छ । कवितासङ्ग्रह, कुनै रिपोर्ताजसङ्ग्रह वा उपन्यास भनिएर छापिएका पुस्तकहरूको चीरकालीन महत्त्व तथा पाठकीय आकर्षा भूमिका नभएर कृति नै हो । रानीतिक व्यस्तता र समयको चापबाट फर्ुसत निकालेर कामरेड प्रचण्डले आफूले भूमिका लेखेका पुस्तकहरू पूरै पढ्न भ्याउनु भयो भएन वा कति गहिराइका साथ पढ्नुभयो वा पढ्दै नपढी लेख्नुभयो, त्यो मेरो टिप्पणीको विषय होइन । भूमिकामा उहाँले लेखेका कुराहरूलाई ती कृतिले बहन गरेका छन् वा छैनन् वा उल्टै अन्तर्विरोधको स्थिति पो छ कि भन्ने कुराचाहिँ बुझ्नु आवश्यक हुन्छ । प्रचण्डलाई लोगो वा वस्तु बनाएर बजारशास्त्रको प्रयोग नगरियोस् भन्न खोजिएको हो । यसमा उहाँ आर्फ पनि सचेत हुनु आवश्यक देखिन्छ ।यसैगरी आजभोलि बजारमा देखिने कतिपय पुस्तकहरूको भूमिका-लेखन कार्य हर्ेदा बडो उदेकलाग्दो स्थिति देखापर्दछ । त्यहाँ बजारशास्त्र, समाजशास्त्र लगायत थुप्रै 'सन्तुलन' शास्त्रहरूको क्वाँटी तयार पारिएको अनुभूत हुन्छ । आफू नजिक रहेका नेता वा व्यक्तिको भूमिका मात्र लेखाउँदा अर्को नेता रिसाउला वा अर्कै अर्थ लाग्ला भनेर सबैको चारैतिरबाट भूमिका लेखाएर 'साझा र सन्तुलित' स्थिति बनाउन खोजेको हास्यास्पद स्थिति पनि कतिपय पुस्तकहरूमा अनुभूत गर्न सकिन्छ । यो पनि एउटा उदेकलाग्दो कुरा हो । राम्रो क्षमता र प्रतिभा भएका भनेर चिनिएकाहरूले समेत यसो गरिदिँदा साँच्चिकै टीठलाग्दो स्थिति बन्दछ । पार्टर्ीीाम चिन्तन भएका रोल्पाका श्यामकुमार बुढा मगरको एउटा पुस्तक प्रकाशित भएको छ ( ती आँधीमय दिनहरू । अध्ययन-चिन्तनमा रूचि राख्ने थोरै रोल्पालीहरूमध्ये उनी पनि पर्दछन् । भूमिगत जीवनमा उनीसितको सहकार्यबाट मैले प्राप्त गरेको अनुभव हो यो । निबन्ध र संस्मरणको सङ्कलन बुझिने यो पुस्तक श्यामकुमार बुढाको अनुभव र अनुभूतिको अभिव्यक्ति हो । तर पाँच-पाँच जनाको भूमिका राखेर उनले यो पुस्तकलाई बोझिलो बनाएका छन् । श्यामकुमारको लेखनलाई चिनाउन चैतन्यको भूमिका पुग्दो छ । उनले भूमिकैभूमिका लेखाएर आफँैप्रति विश्वास नभएको परिचय दिएका छन् । यस्तै टिप्पणी युवा साहित्यकार राजु क्षेत्रीको पुस्तक जेलब्रेक प्रति गर्न सकिन्छ । उनको लेखनले उनी एउटा क्षमतावान् प्रतिभा हुन् भनेर भन्न सकिन्छ । तर उनलाई पनि आफूप्रति विश्वास भएन । फेरि पनि भन्छु भूमिका लेख्नु वा लेखाउनुलाई अपराध भन्न सकिन्न मूल पुस्तककै बोझ बनेर भूमिका आयो भने यो भन्दा हाँस्यास्पद कुरा अरु केही हुँदैन ।फेरि पनि भन्छु, जुन विधा वा विषयमा भूमिका लेखिँदैछ त्यसलाई राम्रोसित बुझेको र स्रष्टालाई पनि राम्रोसित बुझेको पात्रद्वारा भूमिका लेखाउनु अन्यथा ठानिनु हुन्न । मलाई भूमिका लेख्न पटक्कै मन लाग्दैन, यो गाह्रो र इमान्दारीताको निर्वाह गर्न कठिन कार्य हो भन्न मेरो ठहर छ । यसको साटो बरू समीक्षा लेखौँला भनेर मैले आफूलाई मुक्त पार्ने गरेको छु । भूमिका लेखाउन चाहनेले अलि बढी केही आशा गरेको हुन्छ भन्ने मेरो धारणा छ । भूमिका लेख्न मरिहत्ते गर्ने कतिपय मान्छे देख्दा मलाई उदेक पनि लाग्छ । मैले पाँचवटा जति पुस्तकका भूमिका लेखेंँहुँला । सेनजीको बन्दी र चन्द्रगिरी को भूमिका लेख्दा आफूलाई असाध्यै गौरव लागेको हो । पर्ूण्ाविरामको कविता-सङ्ग्रहमा भूमिका लेख्ने काम जोखिमपर्ूण्ा छ । मैले ए मेरो आदरणीय लेकाली फूल मार्फ अनुरोध र जोखिम दुवैलाई स्वीकारेँ । गंगाजीको कथासङ्ग्रहको भूमिका लेखेर मैले दायित्व पूरा गरँे भन्ने लाग्छ । नाम भन्दिन , एउटा पुस्तकको भूमिका लेखेवापत चाहिँ म असाध्यै पछुताएको छु । भूमिका लेखेपछि गर्व र आनन्द होस् न सेनजीको जस्तो ।अन्तमा, एकाध वा विशेष प्रसङ्गलाई छाडिदिने हो भने भूमिका लेख्ने र लेखाउने कामसित पाठकीय समाजशास्त्र र बजारशास्त्र घनिष्ठ रूपमा गाँसिएको हुन्छ भनेर सहजै ठोकुवा गर्न सकिन्छ । धेरैजसोको उद्देश्य वैशाखीको समाजशास्त्र र बजारशास्त्र बनाउनु रहे पनि सबैलाई सफलता मिल्छ भन्ने चाहिँ छै्रन । क्षमता, प्रतिभा, सीप र साधना छैन भने जस्तोसुकै बडेमाको वैशाखी पनि अर्थहीन हुन्छ भन्ने कुरा हाम्रै वरिपरिको इतिहासले प्रमाणित गरिसकेको छ । वैशाखी आखिर वैशाखी नै हो । आजको उपभोक्तावादी समाजमा समाजशास्त्र र बजारशास्त्रले दुनियाँलाई घुमाएको छ, यो यथार्थ हो । तर वैशाखी केही समयको कृत्रिम सहारा मात्र हो , प्रधान कुरो क्षमता र प्रतिभा हो । असल कृतिले ढिलो वा चाँडो पाठक र समालोचकहरूको ध्यानाकर्षा गराएरै छाड्छ र निरन्तर आत्मसङ्र्घष्ाले नै स्रष्टालाई परिचित र स्थापित गराउँछ ।
गोरखापत्र [ 2064-11-11 ]

1 comment:
Hey,
I was browsing nepalese blogs from www.blogger.com when I reached your blog. Nice blog!
I am also a Nepalese and run a blog. My blog can be reached at www.beginearning.com
Will you be kind enough to visit my blog at www.beginearning.com. If you don't like it, I won't bother you next time.
If you want to exchange links with my blog, send me a message from the "Contact" section in my blog.
Thanks,
Ghatozkat
Post a Comment