यो पोष्ट दोश्रोपटक हेर्नेलाई शिर्षक परिवर्तन भएको देखेर अनौठो पनि लाग्न सक्ला । आजकल जताततै "नयाँ" को लहर चलेको छ । नयाँ नेपाल, नयाँ काठमाडौं नयाँ सत्ता, सबैथोक नयाँ । अनि मेरो एउटा साथीले भनिहाल्यो "तिम्रो ब्लगमा पुरानो नेपालको तस्विर हेरेँ" । अनि त मेरो दिमागमा पनि पुरानो शिर्षक "इतिहासमा काठामाडौं शहर"लाई हटाएर नयाँ शिर्षक "पुरानो काठमाडौं" राखौँ भन्ने आयो त्यहि भएर झट्टपट्ट चेन्ज गरिहालेँ ।
यी १३ वटा तस्विरहरु वि० सं १९२७ (1870 AD) देखि वि०सं १९९३ (1936 AD) को बिचमा विभिन्न समयमा लिइएको काठमाडौं शहरका विभिन्न ठाउँका तस्विरहरु हुन् । यी तस्विरहरु मेरा मित्र पुष्पराज नेपालले उपलब्ध गराउनु भएको हो । वहाँलाई पनि यी तस्विर इ-मेलबाट प्राप्त भएको हो रे । त्यसैले यी तस्विर कसले खिचेको हो ( वा बनाएको हो ) यो कुरा मेरो जानकारीमा छैन, तपाईँहरुको जानकारीमा छ भने भन्नुहोला ।

स्वयंभू ( वि० सं १९२७)
हनुमान ढोका ( वि० सं १९२७)
बागमती पुल ( वि० सं १९३७)
दरवार हाइस्कूल ( वि० सं १९५७)
राजदरवार ( वि० सं १९६७)
कमलादी गणेशथान ( वि० सं १९७२)
चन्द्र ज्योति (बिजुलीघर) ( वि० सं १९७२)
वीर अस्पताल ( वि० सं १९७२)
टुँडिखेल ( वि० सं १९७७)

2 comments:
धन्यबाद दिपेशजी, मलाई तपाईको यो "पुरानो काठमाडौं" ब्लग साह्रै मनपर्यो । म तपाईलाई एउटा अनुरोध गर्दछु । तपाईले माथि चित्रमा राख्नुभएको ठाउँहरुको जस्ताको त्यस्तै ठ्याक्कै मिल्ने गरेर फोटो खिचि सो heritage हरुको- "हिजो र आजको अवस्था" दर्शाउनु भए हामी सबै आभारी हुनेछौ ।
I just would like to say 'thank you' and I saved the photographs without your permission, but I promise not to use it as my own source, and I don't think that I've to use it; it's just for collection.
Post a Comment