केन्द्रिकृत सामन्ति राज्य स्थापना भएपछि तराई देखि पहाड सम्मका आदिवासीहरु सिमान्तकृत हुँदै गएको कुरा कटु यथार्थ हो । त्यसैको जगमा जातीय अन्तरविरोध पनि तिब्र हुँदै गएको पनि कसैबाट छिपेको कुरा हैन । २३८ बर्ष अघिसम्म आदिम साम्यवादी परम्परामा चलेका आदिवासीहरुलाई केन्द्रिय सामन्ति राज्यसत्ता लादेपछि उनीहरु क्रमस: समाजमा हरेक दृष्टिकोणले पछौटे हुँदै गए र समाजमा सत्ता, शक्ति र अर्थतन्त्रको लगाम एउटा खास जातीमा केन्द्रित हुन पुग्यो । यस पृष्ठभुमिलाई हेर्दा अहिले उठेका जातीय अधिकारका कुरा जायज छन् र राज्यलाई हरेक जातीको अधिकार सुरक्षित हुनेगरी पुनर्संरचना गर्नै पर्छ । यो शान्तिको पहिलो सर्त हो ।
तर यो भन्दैमा हरेक किसिमको जातीय सवाल जायज हुन्छ भन्नु मुर्खता हो । इतिहासमा कुनै भु-भागमा कुनै एक वा स्व भन्दा बढि जातीको सम्पूर्ण अधिपत्य कायम रहने वा सम्पूर्ण जातीहरु शान्तिपूर्ण सहअस्तित्व सहित सामुहिक अधिपत्यमा रहने कुराका थुप्रै उदाहरण भेटिन्छन् । मानव समुदाय यस्तो प्राणी हो जो कहिले पनि सदाका लागि एउटा निश्चित इलाकामा स्थिर भएर बस्न सक्दैन । त्यसकरण निश्चित-निश्चित काल खण्डमा प्राकृतिक साधन श्रोत र अधिकारको पुनर्वितरण हुनु अनिवार्य हुन जान्छ । यो वितरण भनेको कुनै सम्बन्धित भु-भागको तत्कालिन जातीय अवस्थिति का साथसाथै निकट इतिहासको जातीय बनोट र साधन श्रोत माथिको कुन कुन जातीको अधिपत्य थियो र को को त्यस अधिपत्यबाट बन्चित रह्यो भन्ने आधारमा गरिन्छ । यसको मतलव एउटा ऐतिहासिक विन्दुमा विकास भएको नयाँ आधारमा नयाँ एकता कायम हुनु अनिवार्य हुन्छ न कि पुरानो इतिहासलाई पुनरावृत्ति गर्ने हो ।
सर्बहारा मुक्तिको कसम खाएर कुनै समय माओवादी आन्दोलनमा सहभागी भएका जयकृष्ण गोइत अहिले उनकै शब्दमा तराईको जनतालाई मुक्त गराउने उद्देश्यले हतियार चलाईरहेका छन् । कुनै समय मार्क्सवाद-लेनिनवाद-माओवादलाई आफ्नो आदर्श र मार्गदर्शक सिद्धान्त मान्ने उनी जातीय र अझ भनौँ साम्प्रदायीक मुद्दा लिएर अघि बढेका छन् ।
गोइतहरु भन्छन् तराई छुट्टै राज्य हुनु पर्छ । तराई त्यहाँ रहेका मधेसीहरुको हो अरु पहाडियाहरुको यसमा कुनै अधिकार छैन । यो झट्ट हेर्दा जायज पनि लाग्छ । ऐतिहासिक रुपले हेर्दा तराई थारु, मैथिली, भोजपुरी, अवधी, सतार, राजवंशी, झाँगड, चमार, दुसाद आदी विभिन्न जाती र भाषाभासीले बसोवास गरेको थलो हो र केन्द्रिकृत राज्यसत्ता अन्तर्गत यिनीहरु पिल्सिएका पनि हुन् । तर २३८ वर्षको अवधिमा र अझ १५० वर्षको अवधिमा तराईमा पहाडबाट वसोवास गर्ने क्रम तिव्र हुन गयो । तराईबाट मात्र होइन भरतका सिमा क्षेत्रका भु-भागबाट पनि हजारौँ को संख्यामा आवादी भएको कुरामा सायद विमति नहोला । पहाडि मुलका जनता र इतिहासको कुनै कालखण्डमा भारतीय सिमा क्षेत्रबाट तराई क्षेत्रमा प्रवेश गरेका जनता १२-१३ पुस्ता देखि वा ६-७ पुस्ता सम्म तराईमा वसोवास गर्दै आएका छन् र तिनले त्यहाँको जमिनमा रगत र पसिना बगाएका छन् अनि त्यहाँको प्राकृतिक साधन-श्रोतलाई रुपान्तरण गर्नमा ठूलो भुमिका निभाएका छन् । त्यसकारण गोइतहरुलाई ती लाखौँ जनतामाथी साम्प्रदायिक हिंसा लाद्ने कुनै अधिकार छैन । हो तराईमा आवादी हुने क्रममा सबभन्दा बढि त्यहाँका आदीवासीहरु उत्पिडनमा परे र यसको मुल्य अब हामी सबैले चुकाउनु पर्छ । तर वर्षौँ देखि तराईलाई जीवनको आधार बनाएर बसेका जनता माथि अर्को उत्पिडन लाद्ने अधिकार कसैलाई छैन ।
२३८ वर्षदेखिको खस साम्प्रदायिक उत्पिडनको कारणले मधेश मात्र होइन पहाडका विभिन्न आदीवासी जनजातीहरु पनि पछाडि पर्न गएका छन् । यहि उत्पिडनका कारणले समय समयमा जातीहरु बिच तनाव पनि हुँदै आएको छ । राणा शासनको अन्त्य भएपछि पुर्वमा याकथुम्बाहरुले विद्रोह गर्न खोजेको र तत्कालिन सरकारले यसलाई दवाएको कुरा इतिहासमा ताजै छ । कुनै समयमा गोपाल खुम्वुले पनि खुम्वु क्षेत्रलाई मुक्त गर्ने विशुद्ध जातीय माग लिएर हतियार उठएका थिए तर पछि उनी माओवादी पार्टिमा समाहित भए । गोपाल खुम्वुकै शब्दमा उनी पहिले अंशलाई समाएर हिँडेका थिए तर अहिले सम्पूर्णलाई समाएका छन् । यो उनको इमान्दार निर्णय हो किनकि विशुद्ध जातीय मुद्दाले द्वन्द मात्र बढाउँछ । तर यसरी हेर्दा जयकृष्ण गोइत सम्पूर्णलाई छोडेर अंशलाई समाउन पुगेका छन् । यो उनको आक्रोसपूर्ण निर्णय मात्र भन्न सकिन्न यहाँ उहि पुरानो प्रतिक्रियावादी वर्गको साथै विस्तारवादीहरुको स्वार्थले काम गरेको बुझ्न गाह्रो नपर्ला ।
सामन्ति राज्यको उत्पिडनले गर्दा मधेशीहरु आफ्नै देशमा विदेशीको रुपमा रहेको कुरा सत्य हो । काठमाडौँ केन्द्रित राज्यले उनीहरुलाई दोश्रो दर्जाको नागरिकको ब्यवहार गर्र्यो र कतिपय अवस्थामा तराईको वास्तविकतासँग कहिले पनि परिचित नभएका हुनेखाने वर्गले मधेशी प्रति हेपाहा ब्यवहार गर्र्यो र यसलाई अब अन्त गर्ने एक मात्र उपाय भनेको मधेशका जनताको शासनको अधिकारको सुनिश्चित गर्नु हो । तर यस तथ्यलाई बङ्ग्याएर देशलाई साम्प्रदायीक हिँसामा होमेर आफ्नो राज कायम राख्ने दरवारको उक्साहटमा अनि भारतीय विस्तारवादको आडमा नेपाललाई विखण्डन गर्ने उद्देश्यवाट परिचालित गोइतहरुलाई मधेशका जनताले समयमा नै चिन्नु जरुरी छ ।
मधेशका जनता गोइतले दावी गरेजस्तो (वा गर्न खोजे जस्तो) एउटा जातीको रुपमा रहेको छैन । यहाँका थारुहरु द्रविड परिवार र तिव्बति परिवारको मिश्रण हो भन्ने कुरा मानव शास्त्रीको ठहराई छ । अनि अन्य कतिपय आर्य मुलका , द्रविड मुलका जातीहरु पनि सायद गोइतको नश्ल भन्दा धेरै हजार वर्ष पहिले वसोवास गरेका जातीहरु मिलेर तराई बनेको छ । थारुहरु तिब्बती परिवारबाट उद्भव भएका हुन् त्यसो भए गोइतलाई त्यहाँका आर्यहरुले किन नलखेट्ने ? अझ भनौँ सम्पूर्ण मानव जाती नै अफ्रिकाको जङ्गलवाट उद्भव भएको हो । त्यसो भए हामी सबै अफ्रिकाको जङ्गलमा फर्कन सम्भव छ त ? छैन ।
तराईमा चमार, दुसाद, मुसहर, डोम, सत्तार जातीहरु सबभन्दा पिछोडिएका जात-जाती हुन् र ती तराईका कथित उच्चजातकाहरुबाट थिचोमिचोमा परेका छन् । के गोइतको कथित स्वतन्त्र तराईले यी सम्पूर्ण जातलाई अधिकार दिन सक्छ ? अनि तराईमा रहेका अल्पसंख्यक मुसलमानलाई तिमीहरुको पनि तराईमा हक छैन भनेर लखेट्ने ? त्यसोभए नेपालका अन्य पहाडि शहरबजारमा बस्दै आएका मधेशीहरुलाई के गर्नै नि ? यो हिँसा बढाउने कुरा होइन ?
गोइतहरु किन यस्तो अराजक गतिविधि गरिराखेका छन् त ? यसको सहज जवाफ छ । कुनै समय वर्गीय मुक्तिको कसम खाएर हिँडेका गोइत माओवादी पार्टीमा मधेशीप्रति भेदभावपूर्ण व्यवहार भएको आरोप लगाउँथे । यदि त्यस्तो हो भने उनले अर्को माकर्सवादी पार्टी खोलेर विद्रोहलाई सङ्गठित गर्न सक्थे । तर उनी साम्प्रदायीक मुद्दालाई उठाएर प्रारम्भिक समयमा दरवारको संरक्षणमा माओवादी कार्यकर्ताको सुराकि गर्ने र सेनालाई सेल्टर देखाउँदै हिड्ने काममा तल्लिन थिए भन्ने कुरा माओवादीवाट, र यदाकदाका स्थानिय घटनाहरुको आधारमा पनि धेरैले भन्ने गर्छन् । र अहिले फरि मुखले शाह राजाहरुको विरोध गरेजस्तो गरेर अनि पहाडि मुलका जनतालाई नेपाली र मधेशीलाई गैह्र नेपाली भनेर तिनै सामन्तहरुको इसारामा साम्प्रदायीकता फैलाउन तल्लिन् छन् । यो उनको नैतिक र साँस्कृतिक दरिद्रता बाहेक केहि पनि होइन । समय आएपछि मधेशी जनताले उनलाई उचित दण्ड दिनेछन् ।
नेपाल यस्तो देश हो जहाँ जातीय सवाल अत्यन्त जटिल छ । यसलाई सम्बोधन गर्न मण्डले राष्ट्रवादले जस्तो एक भाषा एक भेषको राग अलप्ने हो भने नेपाल भिषण जातीय युद्धमा धकेलिने संकेतहरु देखिन थालेका छन् । त्यसकारण अब नयाँ नेपाल बनाउन एक कुसल शिल्पिको आवश्यकता छ । तर जनआन्दोलन-२ पछि स्थापित भएको सरकारमा उहि पुराना भ्रष्ट र यथास्थितिवादी अझ भनौँ सामन्ति सोचका ब्यक्तिहरुको हालिमुहालि कायम रहेकाले राज्य संरचनामा क्रान्ति हुन समस्या उत्पन्न भएको छ । अब राज्यलाई कसरी समतामुलक र न्यायपूर्ण बनाउने भन्ने कुरा बाबुराम, नरहरी, झलनाथहरु जस्ता क्रन्तिकारी गणतन्त्रवादी नेता देखि लिएर मातृका, हृदयश तृपाठि, देव गुरुङ् लगायत मधेशी तथा जनजाती नेताहरुको हातमा छ । यिनीहरुको सफलता वा असफलतामा नै नेपालको भविष्य अडेको छ । यिनले कुसल कलाकारीता देखाउन सकेमा सामन्ति दरवार सँगै गोइतहरु जस्ता कसिँगर पनि बढारिएर जाने छन् होइन भने साम्प्रदायीक हिँसा र विखण्डन अनिवार्य छ ।

2 comments:
This all story is the side effects of the "so called" people's war launched by Maoist.
When you start politics with gun, it's obvious then your competitor do the same. They are no other people. They learned using guns from maoist and now using it for their own purpose. They understood that Maoist have proved that in war, if you win you're right one, otherwise you're wrong.
Pankaj, your side effect theory may be somewhat true. But it is not the major factor. May be the Maoist Revolution is the inspiring factor for the newly seen armed groups. But we should also think why there and armed movements and insurgencies in different parts of India, Sri Lanka, Middle East, Latin America, Africa and even some countries in Europe. The simple reason is that there is social discrimination, injustice, hunger, and so on. So we can't avoid revolt in these circumstances. The main important thing is that whether these explosiveness of society is misused or used for establishing new kind of justice and reformation. My only point in this article is that now Despite of several weakness in Maoist Revolution, it has brought the issue of different aspects of society including Dalits, Madheshis, Adhi Bashi and Janajatis into surface as these groups of people are supressed by the centralized feudal State. This is the great achievement in the history of Nepal and now Nepal is going to be restuctured on the basis of new social thoughts of equility and justice developed in this historic point. So We every nepali should co-operate this process as far as possible from our place. But the situation is so much propagated now a days with the coverage of Justful Voice of Madheshi people so as to sabotage the restructuring process and protecting the Feudal King. And it should be clear that If Feudal King is protected then the Justful voice of Madheshi people will be Brutally crushed by feudal state because history had proved this fact.
Dipesh
Post a Comment