Tuesday, April 15, 2008

नयाँ शिक्षा

प्रा. डा. विद्यानाथ कोइराला

लोक वा जनताबाट रुचाइएको र मन पराएको शिक्षालाई लोकतान्त्रिक शिक्षा-प्रणाली भन्न सकिन्छ जहाँ सबैको चाहनालाई समेटेर शैक्षिक प्रणालीको निर्माण गरिएको हुन्छ । यसले प्रत्येक गाउँ, संघीय हुँदै यसैबाट केन्द्रको विकास हुनेछ र अन्त्यमा राष्ट्रलाई सजिलै विश्वसामु थोरै समयमा परिचित गरिदिनेछ ।
नेपालमा बोल्न धेरै सजिलो छ । सबै सजिलै धेरै बोल्छन् तर बोलेकालाई व्यवहारमा उतारेको पाइँदैन जुन दुःखलाग्दो पक्ष हो । बोलेका कुरा सबै लागू गर्ने हो भने संघीयतामा शिक्षाको विकासका निम्ति निकै समय कुर्नुपर्दैन । बढीमा एक दशकमा नयाँ नेपालका साथै नयाँ शिक्षा प्रणालीको जग बस्छ । यसले अन्तर्राष्ट्रिय जगत्मा नेपालको नाम पहिलो सूचीमा पार्छ ।

संघीयतामा दुईखाले शिक्षा-प्रणाली निर्माण हुनुपर्छ- व्यक्तिगत चाहनाको र सामूहिक चाहनाको । व्यक्तिगत चाहनामा व्यक्तिरूपका मात्र बढी कुरा पर्छन् । सामूहिकचाहिँ गाउँ, नगर, संघीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय शिक्षासित जोडिएर आउँछ । त्यहाँ केन्द्रीय र स्थानीय शिक्षाको सम्मिश्रण हुन्छ । सबै कुरालाई समेटिन्छ जसले केन्द्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा कुरा गर्न पनि सहज बनाउँछ ।

शिक्षामा अधिकार
संघीयता स्थापना भएपछि संघीय नीतिअनुसार शिक्षा-प्रणालीको विकास हुनुपर्छ । डेनमार्क, बेलायतलगायतका देशमा स्थानअनुसारको शिक्षानीति छ । उनीहरू आफैँ शिक्षाको विकास गर्छन् । उनीहरूलाई स्थानीय स्तरबाटै शिक्षाको विकास गर्ने पूर्ण अधिकार छ । चीनमा केन्द्रीय नीति छ, जसअनुसार शिक्षा-प्रणाली चल्छ । तर, नेपालमा भन्न जति सजिलो छ, गर्न निकै गाह्रो छ । अन्य मुलुकमा संघहरू केन्द्रमा मिल्न आएका छन् । नेपालमा मिल्न होइन, छुट्टनि गएका हुन् । त्यसैले शैक्षिक नीतिमा समेत यसले केही असहज परिस्थिति निर्माण गर्नसक्छ । जे-जस्तो भए पनि नेपालमा शिक्षाको सम्पूर्ण अधिकार संघीयतामा छाड्न जरुरी छ ।

भाषा
मुलुकको शिक्षा संघीय प्रणालीमा गएपछि सबै अधिकार संघलाई नै हुन्छ । त्यसैले त्यो संघीयताभित्र परेका विद्यालयले एउटै भाषामा पठनपाठन सञ्चालन गर्नुपर्छ भन्ने छैन । अलगअलग संघमा भाषाको छनोट गर्ने अधिकार अरूलाई होइन विद्यार्थी र बच्चालाई दिनुपर्छ । उनीहरूसित भाषाको छनोट गर्ने अधिकार हुनुपर्छ । बच्चाका बाबुआमाले बोलेको भाषालाई उनीहरूले प्रयोग गर्न पाउनुपर्छ । यसबाटै उत्पन्न भएको भाषालाई मूल भाषाको रूपमा निर्माण गरिनुपर्छ । यसका लागि एउटा विद्यार्थीले कम्तीमा पनि तीन/चार भाषा जान्नुपर्छ । त्यो वातावरण छिमेकी र संघीयताका अगुवाले गर्नुपर्छ । फरक-फरक भाषाका बच्चालाई एकै स्थानमा राखिनुपर्छ । फरक भाषा जान्ने विद्यार्थीलाई जुन भाषाबाट सिकाए पनि हुन्छ । यसबाट समस्याको समाधान हुन्छ । शिक्षकलाई पनि भाषासम्बन्धी समस्या पर्न सक्छन् । उनीहरूले पनि विद्यार्थीको सहयोग लिन सक्छन् । समाजमा गुरुले भाषा सिकाउनुपर्छ भन्ने चलन छ तर त्यसो होइन । गुरुले विद्यार्थीबाट भाषा सिक्नुपर्छ । उसले विद्यार्थीबाटै भाषाको शब्दकोश तयार पार्नुपर्छ । यसो गरेपछि समाज वा संघीय नेतृत्वमा बसेकाहरूले पनि आफ्नो भाषाको विज्ञ खोज्छन् ।
नेपालमा नेपाली भाषाको विकल्पमा तामाङ, मगर, मैथलीलगायत जति पनि भाषा छन् तिनलाई पनि प्रयोग गरिनुपर्छ । यसले भाषाको विकास गर्न सकिन्छ । कक्षामा गुरुले पढाउँदै गर्दा वा प्रत्येक दिन भाषाको शब्दकोश तयार पार्न सक्छ । यसले पनि विकासमा धेरै टेवा पुर्‍याउँछ । यसले एउटा मात्र होइन धेरै भाषाको संरक्षण हुन्छ ।

पाठ्यक्रम

स्पाइरल डिजाइनअन्तर्गत संघीय पठ्यक्रमको विकास गरिनुपर्छ । स्थानीय स्तरमा प्रयोग हुने र हुँदै आएका सामान्य कुरादेखि अन्तर्राष्ट्रिय जगत्बाट पत्ता लगाएका नयाँ/नयाँ कुरालाई समावेश गरिनुपर्छ । स्थानीय र केन्द्रीय/अन्तर्राष्ट्रिय दुवै पद्धतिलाई मिलाएर दोहोरो तरिकाले पाठ्यक्रमको विकास हुनुपर्छ । पठ्यक्रममा संघीय र केन्द्रीय दुवै केन्द्रको समान अधिकार हुनुपर्छ । त्यसरी बानइएको पाठ्यक्रममा नागरिकको जिन्दगीसित जोडिएका कुरा, आध्यात्मिक, भौतिक, अन्तर्राष्ट्रियलगायत सबै विषयवस्तुलाई समेट्नुपर्छ ।
यसरी सबै विषयवस्तुलाई समेटेर तयारी पारेको पाठ्यपुस्तकद्वारा कखरा नजानेका मानिसदेखि बौद्धिक वर्गलाई समेत समेट्न सकिन्छ । गाउँमै बसेर वैज्ञानिकरूपले पत्ता लगाएका कुराको बारेमा जानकारी लिन सक्नेछन् । उनीहरू पनि नयाँ कुराका बारेमा जानकारी पाउनुका साथै वैज्ञानिक बन्ने बाटोमा हिँड्छन् र भविष्यमा बन्छन् पनि ।

लगानी
शिक्ष्ाामा अहिले भएको लगानीलाई पनि परिवर्तन गरिनुपर्छ । केन्द्रीकृत लगानी भयो भने रोग पुरानै हुन्छ । त्यसैले म केन्द्रीय लगानीमा आशा गर्दिन । शिक्षामा लगानीका विषयमा दलहरू पनि स्पष्ट अडानका साथ अघि आउनु जरुरी छ । अहिले बजारमा जुन हल्ला छ, बसोबासको आधारमा जातिहरूले लगानी गर्नुपर्ने र लगानी, जातिविषेश शिक्षा ल्याउने यो गलत कुरा हो, यसले शिक्षाको विकासमा टेवा दिँदैन बरु बिगार्न सक्छन् । तर, यसलाई पनि समेटेर विद्यालय सञ्चालन वा लगानी गर्ने सम्पूर्ण जिम्मा स्थानीय सरकारलाई हुनुपर्छ । गाउँपालिका वा नगरपालिकामा शिक्षाको अधिकार भयो भने छिटो विकास हुन्छ ।
गाउँपालिका र नगरपालिकालाई शिक्षाको विकासका लागि स्थानीय कर उठाउने अधिकार हुनुपर्छ । स्थानीय स्तरमा उठाएका करबाट विद्यालय सञ्चालन गर्नुपर्छ ।
तर, विद्यालय सञ्चालन गर्न यसले मात्र भने पुग्दैन । नपुग पैसा केन्द्र र संघीयबाट उपलब्ध गराउनुपर्छ । त्यसमा केन्द्र र संघीयबाट केही छुटको व्यवस्था हुनुपर्छ । त्यसैगरी कुनै धनी संघीयले गरिब संघीयलाई सहयोग गर्नुपर्छ । तर, त्यो सहयोग भने सिधै होइन केन्द्रबाट उपलब्ध गराउनुपर्छ । र केन्द्रले आवश्यकताअनुसार गरिब र विपन्न संघीय विद्यालयमा लगानी गर्नुपर्छ ।
त्यसैगरी गाउँ वा नगरपालिकालाई स्कुलस्तरीय शिक्षा हेर्ने सम्पूर्ण अधिकार हुनुपर्छ भने उच्च शिक्षाका लागि संघीयमा अधिकार हुनुपर्छ । केन्द्रलाई खासै अधिकार नभए पनि हुन्छ ।

शिक्षाको गुणस्तर
अहिलेकै शिक्षाले संघीय शिक्षामा काम गर्दैन । त्यसैले यहाँ क्वालिटीयुक्त शिक्षकका खाँचो छ । त्यसका लागि अहिले भएको शिक्षामा व्यापक रूपान्तरणको खाँचो छ । अझ अहिले अस्थायी रहेका सबै शिक्षकलाई स्थायी गरिनुपर्छ भन्ने आवज उठेको छ, तर यो गलत कुरा र तर्क हो । अहिले सबै अस्थायी शिक्षकलाई स्थायी गर्ने हो भने, नेपालको ३० पुस्ता बिग्रन्छन् । प्रत्येक वर्ष आउने विद्यार्थी एक पुस्ता हुन्छ । होलसेलमा स्थायी गर्दा क्वालिटी र गुणस्तर नभएका शिक्षक पर्छन् । अहिलेका शिक्षक जात्राका छन् ।
यसमा परिवर्तन हुन सकेन भने बोलीमा परिवर्तनबाहेक अरू केही गर्न सकिन्न । त्यसैले शिक्षामा रहेको सबै संस्कार फेर्नुपर्छ । यसैलाई राखियो भने फेरि जात्रा हुन्छ । माओवादीकै भनाइअनुसार शिक्षकमा रूपान्तरण गर्नुपर्छ । होला शिक्षकलाई पनि भाषाको अप्ठ्यारो पर्ला । उनीहरूले अन्य भाषी विद्यार्थीहरूबाट सिक्नुपर्छ, अध्ययनको मात्रा बढाउनुपर्छ ।

शिक्षक नियुक्ति
शिक्षक नियुक्तिका सम्पूर्ण अधिकार गाउँपालिका र नगरपालिकालाई दिनुपर्छ । जसरी उनीहरूले शिक्षामा लगानी गर्ने अधिकार पाउँछन् त्यस्तै शिक्षक नियुक्तिको अधिकार पाए भने, 'सुनमा सुगन्ध' हुन्छ । स्थानीय तहबाट शिक्षक नियुक्ति गर्दा स्थानीयस्तरमै प्रतिस्पर्धा हुन्छ, कसले कति राम्रो शिक्षा दिने भन्ने जोड चल्छ यसले शिक्षामा नयाँ आयाम थपिन्छ । तर, नगरपालिका वा संघीय प्रमुखहरूले स्थानीय स्तर मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समस्यालाई पनि सोचुपर्छ ।

मान्यता
शिक्षामा मान्यता कसले दिने भन्ने कुरा संघीयलाई कति मान्यता र स्वयत्तता दिइएको छ भन्ने कुरामा भर पर्छ । अन्तर्राष्ट्रिय क्षेत्रबाट केन्द्रले संघीयलाई कति अधिकार छ त्यसैको आधारमा बजारले मान्यता दिन्छ ।
पछिल्लो समयमा शिक्षालाई केन्द्रले मान्यता दिने चलन हट्दै गएको छ । अब फलानो बजारबाट पास गरेका विद्यार्थीको तागत यति छ उति छ भन्ने चलन चल्नुपर्छ । जस्तो अमेरिकामा कुन प्रान्त वा स्टेटबाट पास गरेको हो भन्ने छ । नेपालमा पनि संघीय व्यवस्था आयो भने त्यही हुनुपर्छ ।
शिक्षामा मान्यता दिएका देशमा चीनको केन्द्रले भारतको संघीयताबाट र अमेरिकाको स्कुल वा गाउँबाट फ्रान्ससमा नगरपालिकाले निर्णय गर्छ । अब नेपालले यी सबै व्यवस्थालाई हेर्दै अमेरिकामा भएको नीति अवलम्बन गर्नुपर्छ ।
ग्रेडको कुरा गर्दा अन्तर्राष्ट्रिय स्तरमा १२ वर्षे शिक्षा चाहिन्छ । १२ वर्षे भएपछि १० कक्षाको जाँच लिए पनि हुन्छ नलिए पनि । १२ वर्षे शिक्षा अनौपचारिक शिक्षानीतिलाई पनि लागू गर्न सकिन्छ । दुईवटा विकल्प खुल्ला हुन्छन् । अरू अहिले जे छ त्यही हुन्छ ।

निजी विद्यालय
संघीय राज्यमा पनि निजी विद्यालय अटाउँछन् । पार्टीगत रूपमा पनि कांग्रेसले निजी विद्यालयलाई रूपान्तरण गर्ने भनेको छ । एमालेले पनि निजी विद्यालय राख्नुपर्छ भनेको छ । अब, निजी विद्यालय हटाउनुपर्छ भनेर कडा आवाज उठाउने पार्टी माओवादीले पनि आक्रामक पारामा जान सकेन, त्यसैले संघीयमा पनि निजी विद्यालय रहन्छ । यसमा सबै एकमत भएका छन् ।
चीनमा पनि निजी विद्यालय छन् । त्यहाँ सरकारले प्रान्तीय विद्यालयमा यो-यो गर्ने भनेको हुन्छ र त्यहीअनुसार अघि बढ्छन् । त्यस्तै जापानमा पनि निजी विद्यालय छन् । तर, जापानमा निजीमा भन्दा सरकारी विद्यालयमा राम्रो पढाइ हुने गर्छ । सरकारीमा राम्रो भएन भने मात्र विद्यार्थी निजी विद्यालमा भर्ना हुन्छन् ।
संघीय रूपमा खोलिएको निजी विद्यालयका अधिकार आंशिक रूपमा भए पनि सरकारी निकायमा हुनुपर्छ र यसको ग्यारेन्टीमा सरकारी निकाय नै हुनुपर्छ । सरकारले विद्यालय नभएको क्षेत्रमा पनि निजी क्षेत्रका मानिसको सहयोग लिएर निजी विद्यालय सञ्चालन गरिनुपर्छ ।

शैक्षिक संघ/संगठन
शिक्षालाई गाउँपालिका वा नगरपालिकाले हेर्ने मान्यता रह्यो भने शिक्षकहरूले स्थापना गरेका संघ/संगठनको स्वरूप पनि पूर्ण रूपमा बदलिन्छ र बदलिनु पनि पर्छ । त्यस्तो समयमा गाउँ/नगरपालिकाभरिका शिक्षक एक ठाउँमा जम्मा हुन्छन् । उनीहरूको राजनीतिक खिचातानी पनि त्यहीँ हुन्छ । स्थानीयस्तरमै एकाले अर्काको आलोचना गर्छन् । म यो गर्छ, ऊ गर्छु भन्नेहरूको संख्यामा पनि एकाएक वृद्धि हुन्छ । र, यो हुनु पनि पर्छ । यस्तो अवस्थामा स्थानीय स्तरका संघ/संगठनले केन्द्रको मुख ताक्दैनन् र काम गर्छन् ।
अहिले जुन रूपमा शैक्षिक संघ/संगठन देखापरेका छन् त्यो एक पेसेवर टे्रड युनियनको रूपमा विकास हुनुपर्छ । यसरी गयो भने शिक्षाको विकास हुन्छ । विद्यार्थी राजनीतिको पनि हालत त्यही हुन्छ । शिक्षामा विकास र निर्माणको कुरा पनि त्यही संघीयभित्र उठ्छ र काम हुन थाल्छ । नयाँ-नयाँ कुराको जन्म हुन्छ र लागू पनि ।
सबै स्थानका संघीय प्रान्तमा बनेका शिक्षकहरूको संगठन र विद्यार्थी युनियनहरू मिल्नेलाई एउटा केन्द्रको निर्माण हुन्छ । यसमा संघका प्रतिनिधिहरूको सहभागिता रहन्छ

शिक्षामा राजनीति
शिक्षाबाट राजनीतिलाई अब अलग गर्न सकिन्न । शिक्षाका हरेक कणमा राजनीतिक नसा पसिसकेको छ । संघीयमा पनि अन्य क्षेत्रमा जस्तो भएको छ त्यसैगरी राजनीति लाग्छ । दलले लिएका शिक्षानीतिलाई अवलम्बन गर्दै जानुपर्छ । मेरो मान्यतामा पनि शिक्षामा राजनीतिक चिन्तन आवश्यक छ । हरेक ठाउँमा राष्ट्रिय राजनीतिसम्बन्धी बहस गर्नुपर्छ । विचारको आन्दोलन गर्नुपर्छ । तर, अहिलेको जस्तो भने हुनुहुँदैन ।

संघीय शिक्षामा कल्पना
कुन/कुन वादी शिक्षा लागू गर्ने भन्ने लडाइँ हुने छैन । संघीय शिक्षा प्रणालीले विकट गाउँमा जन्मेका बालिबालिकामा पनि अन्तर्राष्ट्रिय स्तरको ज्ञान हुनेछ । हरेकले वैज्ञानिक शिक्षा-प्रणाली लागू गर्ने छन् । झैझगडाको सोच एकाएक समाप्त भएर जानेछ ।
पूर्ण रूपमा विकसित राष्ट्रका मानिस पनि हाम्रो देशमा उच्च शिक्षाका लागि ओइरो लाग्नेछन् । विकासमा पहिलो नमुना बन्नेछ । तर, नाममा मात्र संघीय गरियो भने नारामा मात्र सीमित रहन्छ, केही बन्दैन ।

[नयाँ पत्रिकाबाट: http://www.nayapatrika.com/newsdetail.php?id=804130756409750%20&n_id=80]

Sunday, March 9, 2008

गान्धी र सेक्स

प्रदीप गिरी

गान्धीलाई मानिसको जीवनको प्रत्येक पक्षमा गहिरो रुचि थियो । त्यसमा पनि उनीलाई सेक्समा विशेष रुचि देखिन्छ । गान्धीजी सेक्स र ब्रह्मचर्यका विषयमा आजीवन प्रयोगरत रहन्थे । एउटा शुद्ध सत्याग्रहीले ब्रम्हचारी हुनुपर्छ भन्ने उनको धारणा थियो । तदनुरूप उनले आप\mनो सत्याग्रही जीवनको प्रारम्भमा नै ब्रह्मचर्यको पालन गर्ने प्रयास थालेका थिए । तर, यो ब्रत पूर्णरूपले सफल हुन सकेन । तर, यसबाट गान्धीको संकल्प झन् कडा भयो । १९०६ मा गएर उनले पूर्ण ब्रह्मचर्यको प्रतिज्ञा गरे । त्यसबेला उनी ३७ वर्षका थिए । पूर्णब्रह्मचर्यको प्रतिज्ञापछि गान्धीजीले सत्याग्रहको नेतृत्व गरे । यो कुरो दक्षिण अपिmकाको हो । यस किसिमको ब्रह्मचर्य भारतका योगी-सन्यासीहरूले लिने गरेको सुनिएको/देखिएको कुरो हो । तर, यस्ता योगी-सन्यासीहरू आइमाईंको छायाँबाट नै पर भाग्दछन् तर, गान्धीजी यस किसिमको पलायनलाई भने कायरताको संज्ञा दिन्छन् । गान्धीजी आफ्नो दैनिक व्यवहारमा आइमाइर्ंसँग तर्सँदैन थिए । अझ आप\mनी स्वास्नीसित सँगै एउटा कोठामा सुत्ने चलन पनि गान्धीले छाडेनन् । यसले गर्दा गान्धीजीलाई अप्ठ्यारो पर्नु स्वाभाविक थियो । निकै पछि उनले राजकुमारी अमृता कौरलाई आप\mनो यस अप्ठ्यारोका बारे पत्रमा लेखेका थिए- 'मलाई सबभन्दा कठिन काम वासनाका उपर विजय प्राप्त गर्नुमा परेको छ । मैले वासनाका विरुद्ध निरन्तर संघर्ष गरिरहेको छु । आजसम्म जेनतेन सफल हुन सकेकोमा म यसलाई एउटा चमत्कार नै ठान्दछु ।' गान्धीजी कामवासनाको मोर्चामा अनेकांै रूपमा संघर्षरत देखिन्छन् । खानपिन र उठबसका बानी-व्यहोराले कामवासनालाई तताउँछ भन्ने गान्धीको निष्कर्ष थियो । मानिसका विभिन्न इन्दि्रयहरू आपसमा अन्तरसम्बन्धित छन् । एउटा इन्दि्रयले अर्कोलाई उत्तेजित गर्दछ । अझ यसमा पनि भोजन र वासनाको गाढा सम्बन्ध हुन्छ । चिल्लो-चाप्ल्ाो, मीठो, मसलेदार खाना र दूधले विशेष गरेर वासना भड्काउँछ भन्ने गान्धीजीको ठहर थियो । यसैले गान्धी आप\mनो खानपिनका मामलामा बडो सतर्क थिए । गान्धीजीले आजीवन खानपिनका बारेमा अनेकांै प्रयोग गरिरहे । यस्ता सबै प्रयोग ब्रह्मचर्यको लक्ष्यलाई ध्यानमा राखेर गरिन्थ्यो । खानपिनबाहेक खालि दिमाग पनि लहडी हुन्छ र कामवासनापट्ट िआकृष्ट हुन्छ । यसैले गान्धी आफूलाई प्रत्येक घडी व्यस्त राख्दथिए । यसबाहेक नियमित स्नान राम-नाम र भजन-प्रार्थनाले पनि आफू आत्म-नियन्त्रणमा रहन सकेको कुरो गान्धीले बताएका छन् । कामवासनाकोे नियन्त्रणका दृष्टिकोणले मानव-शरीरका प्रति सही दृष्टिकोणको विकास बडो आवश्यक छ भन्ने गान्धीजीको धारणा छ । यो शरीर के हो ? शरीरलाई आनन्दको साधन र यसका प्रत्येक इन्दि्रयहरूलाई भोग र तृप्तिको माध्यम सम्भिmने व्यक्तिले कामवासनाबाट मुक्ति प्राप्त गर्न सक्दैन । तर, शरीर, इन्दि्रयहरूको भूमिकाका बारे आप\mनो दृष्टिकोण बदल्न सकिन्छ । त्यसो भएको खण्डमा वासनाका उपर विजय गर्न सजिलो हुन्छ । भन्छन्- 'हाम्रा जनेन्द्रीयहरू यौनतृप्तिका निम्ति मात्र बनेका होइनन् । हामीले यो बुझ्नु आवश्यक छ । वासनाको उपर नियन्त्रण गर्न आवश्यक छ । अनि मात्र वासनाका उपर नियन्त्रण गर्न सजिलो हुनेछ ।' यी र यस्तै अरू प्रयोगमूलक निष्कर्षपछि गान्धीको ब्रह्मचर्य विषयक विचारको विकास हुँदै गयो । गान्धी आप\mना अनुभवबाट अनुशासनका नयाँ नियम र उपनियमहरू बनाउँदै गए । यस क्रममा आप\mना विचारमा अनेकौं सुधार र परिस्कार गरेको कुरा गान्धी उल्लेख गर्दछन् । तर, त्यति हुँदाहुँदै पनि गान्धी आप\mना कमजोरीप्रति जागरुक थिए । उनले १९२६ मा भनेअनुसार उनको शारीरिक ब्रह्मचर्यमा कुनै खोट थिएन । तर, आप\mनो मनलाई पूर्णतः नियन्त्रण राख्न नसकेको कुरा गान्धी स्वीकार गर्दछन् । मनमा बडो नजानिँदो तौरबाट नचाहिँदा विचारहरूले अधिकार जमाउने चेष्टा गरेको कुरो गान्धी बारम्बार उल्लेख गर्दछन् । तर, आप\mनो शारीरिक आत्म-नियन्त्रणका बारे गान्धीलाई पूर्ण आत्मविश्वास थियो । यसैले गान्धी आइमाईसितको सम्पर्क र संसर्गबाट परहेज गर्दैन थिए । खास गरेर आप\mना केही केटीचेलीहरूको काँधमा हात राखेर घुम्नु-हिँड्नु उनीलाई विशेष पि्रय थियो । गान्धीको यस किसिमको बानी-व्यहोरा कतिपय देशवासीलाई मन पर्दैन थियो । विभिन्न मानिसले उनको यस्तो चलनको आलोचना गरे । सेप्टेम्बर १९३५ मा गान्धीले यस्ता आलोचनाको कदर गर्ने निर्णय सुनाए । 'मैले त्यति नगरिदिँदा यिनीहरूको चित्त बुझ्दछ भने बेसै भयो त, म त्यसो नगरी दिउँला' भन्ने गान्धीको भनाइ थियो । तर, गान्धी आप\mनो निर्णयमा अडिग रहेनन् । मात्र दुई वर्षपछि गान्धी आप\mनी पत्नी सुशीला नायर र मनु गान्धीजस्ता केही निकटस्थ युवतीहरूका साथ त्यसरी नै हिँडेको देखिए । मानिसले फेरि आलोचना सुरु गरे । गान्धीले आलोचनाको जवाफ दिए- 'कोसित कसरी हिँड्नुहुन्छ वा हुँदैन, त्यो मेरो आत्माले ठहर गर्ने कुरा हो । अब हुँदाहुँदा यी आलोचनाहरू मेरी स्वास्नी र चेलीबेटीसित हिँडेकोमा पनि टीकाटिप्पणी गर्दछन् भने मलाई केही भन्नु छैन ।' १९३६ को वर्ष भने गान्धीका निमित्त निकै अप्ठ्यारो ठहरियो । अघिल्लो वर्षभरि गान्धीले कठोर परिश्रम गरेका थिए । वर्षभरि नै उनी मुस्किलले दैनिक चार घन्टा सुते होलान् । परिणामस्वरूप डिसेम्बर १९३५ मा उनी बिरामी परे । तर, उनको कठिन दिनचर्यामा कुनै परिवर्तन आएन । फलतः जनवरी १९३६ मा उनी नराम्ररी थला परे । उनी उपचार र विश्रामका लागि बम्बई बस्न थाले । बम्बईमा यस्तै विश्राम कालमा एकपटक फेरि उनमा कामवासनाको उदय भयो । उनले स्वयंमा आफंैले आफूद्वारा प्रकाशित पत्रिका हरिजनमा आप\mनो यस समस्याको सविस्तार वर्णन गरे । त्यस लेखमा आप\mनो कठोर आत्मालोचना गरेका छन् । तिनताक नै उनले आप\mना एउटा साथीलाई तलका कुरा लेखे- 'यो शरीरलाई धेरै पुलपुल्याउनु हुँदैन । यसले खोजेको कुरा खान दिनु खतरनाक छ । अझ परिश्रम नगरी बस्ने हो भने झन् उत्पात नै गर्दछ । मेरा शरीरले उत्पात गरेको कारण राम्ररी मलाई थाहा छ । यसैले अब म डाक्टरको सल्लाह मान्दिनँ । अब डाक्टरले भनेसरह म आराम नगर्ने भएको छु ।' उपर्युक्त कुरा लेख्दा गान्धी ६७ वर्षका थिए । फेरि योभन्दा पनि ठूलो उत्पाद फेरि दुई वर्षपछि भयो । १४ अपि्रल, १९३८ का दिन गान्धीले आफूलाई स्वप्नदोष भएको घोषणा गरे । यसपटक भने उनी दुःखी भए । उनले आप\mनी शिष्या मेडलिन स्टयेडरलाई लेखे- '१४ अपि्रलको यो घृणित, फोहर तथा दुःखदायी घटनाले मलाई चकनाचुर बनाएको छ ।' यसपछि गान्धी ठूलो निराशाको खाल्डोमा खसे । गान्धीलाई एक किसिमको अपराध बोधले निकै दिनसम्म ग्रस्त गर्‍यो । उनको आत्मविश्वास हरायो । यसबाट उनको राजनैतिक कार्यक्षमतमा पनि प्रभावित भएको देखिन्छ । उनले तिनताका नै जिन्नासित लामो र कठिन वार्तालाप गर्नुपर्ने थियो । गान्धीले यो वार्ता गर्न पनि चासो देखाएनन् । उनले जिन्नालाई भेट त गरे तर, वार्ताको महत्त्वपूर्ण अंग नेहरूलाई जिम्मा लगाइयो । मानौं, गान्धीमा पुरानो आत्मविश्वास अब थिएन । गान्धीले आप\mना निकटस्थ सहयोगीसित यो अपि्रल घटनाको विषयमा चर्चा गरे । उनीहरूका नजरमा यो एउटा निजी मामला थियो । यस कुरोको सार्वजनिक चर्चा-परिचर्चा उचित थिएन । तर, गान्धीले मानेनन् । गान्धीले यस घटनाका बारे हरिजनमा एउटा लेख लेखे । गान्धी आफूलाई एउटा सार्वजनिक मानिस ठान्दथिए । सार्वजनिक मानिसको हरेक अनुभव र प्रयोग जनताको सम्पति हुन्छ । यसैले गान्धीले आप\mनो स्वप्नदोष लुकाउन चाहेनन् । उनको लेख हरिजनमा छापिएपछि उनले अनेकांै थरिका सल्लाह पाए । मिराबेन र अमृता कौर गान्धीका नजिकका महिला मित्र थिए । दुवैले गान्धीलाई आइमाईहरूको संगतबाट टाढा रहनुपर्ने सल्लाह दिए । सर्वसाधरण आइमाई मात्र होइन, आप\mनानजिकका नातागोतासमेतबाट पनि टाढा रहनुपर्छ भन्ने उनीहरूको भनाइ थियो । पत्नी वा डाक्टर पनि टाढै रहेकोमा ब्रम्हचारीलाई सजिलो पर्दछ । अझ मिराबेनले अर्को एउटा कुरा थपिन् । अपि्रलको त्यो घटना अनौठो र अस्वाभाविक होइन । गान्धीले सुसुप्तावस्थामा कुनै सँगै सुतेकी महिलाको घाँटीतिर हात पुर्‍याएको उनले देखेकी रहेछिन् । मिराबेनले यसको उल्लेख गरिन् । संक्षेपमा भन्दा गान्धीको कामवासना निर्मूल भएको रहेनछ भन्ने कुरोको यो थप प्रमाण थियो । गान्धीलाई यी सल्लाहले प्रभावित गर्‍यो । कामवासनाको चेतना अब हरायो भन्न साँच्चै गाह्रो रहेछ भन्ने कुरा उनले स्वीकार गरे । सचेतन मनमा कामवासना देखिएन भनेर ढुक्क हुन नहुने रहेछ । मानिसले जान्दानजान्दै पनि कामवासना मस्तिष्कको अँधेरो कुनामा लुकेर रहने रहेछ । गान्धी अब यस अचेतन गतिविधिप्रति पनि सतर्क भए । आप\mनो अचेतन मनको फोहर र अँधेरा कुनालाई साफ-सुग्घर बनाउँन अब गान्धीले विशेष ध्यान दिन थाले । विस्तारै गान्धीको आत्मविश्वास बलियो हुँदै गयो । केही दिनपछि गान्धीको पुरानो दिनचर्या पुनः कायम भयो । गान्धी फेरि महिला कार्यकर्तासँग सामान्य सम्बन्ध राख्न थाले । गान्धी यस्ता महिला कार्यकर्ता सँगसँगै सुत्दथिए । अझ त्यसमध्ये पनि डाक्टर सुशीला नायर र गान्धी एउटै बिछ्यौनामा सुत्थे । यसरी सँगै सुत्दा गान्धी न्यानो महसुस गर्दथिए । यसबाहेक पनि डाक्टर सुशीलाले गान्धीलाई नियमित मालिस गरिदिने अनि नुहाइदिने गर्थिन् । यो प्रक्रिया कहिलेकाँही डेढ घन्टाभन्दा बढीसम्म चल्थ्यो । कहिलेकाँही गान्धी मालिस गर्दागर्दै निदाउँथे । कहिले भने गान्धी मालिसका बेलामा आप\mना निजी सचिव महादेव देसाई तथा प्यारेलाललाई बोलाएर चिठी-पत्र लेख्न लगाउँदथे । जे होस्, गान्धीको जीवन-चर्याले हिन्दुस्तान तथा हिन्दुस्तानबाहिर सधैँ नै चर्को विवाद उत्पन्न गर्‍यो । तिनताका नै गान्धीले प्रेम कण्टक भन्ने महानुभावलाई लेखेका पत्रहरू प्रकाशित भए । गान्धीले प्रेम कण्टकलाई आप\mना कामवासनाका अनुभव र संघर्षहरू बिल्कुलै नांगो र खुलस्त पाराले लेखेका रहेछन् । कण्टकले यी पत्रहरू छपाउने मनसाय गरे । गान्धीले पनि यी पत्रहरूको प्रकाशनमा कुनै आपत्ति देखेनन् । फलतः यी पत्रहरू छापिए । यी पत्रहरू छापिनासाथ भारतका अखबारमा विभिन्न टीकाटिप्पणी सुरु भयो । अक्टोबर १९३९ मा बम्बै क्रोनिकल भन्ने अखबारमा गान्धीको निजी जीवनको भण्डाफोर छापियो । त्यसपछि अरू कट्टरपन्थी हिन्दु अखबारहरू गान्धीका पछि लागे । कतिपय अखबारले गान्धीको धृष्ट कामुकताको घोर निन्दा गरे । अखबारहरूले सुशीला नायरसँगको उनको पापपूर्ण सम्बन्धको विशेष उल्लेख गरे । यस अभियानमा विदेशी अखबारहरू पनि पछि रहेनन् । कतिपय अमेरिकी पत्रकारहरूले गान्धीका अरू आइमाईसँगको सम्बन्धलाई कोट्याए । यस सम्बन्धामा मेडलिन स्लेडको चर्चा आयो । गान्धी र कुमारी मेडलिन स्लेड १९३१ मा सँगै लन्डन गएका थिए । यी अमेरिकी पत्रकारले गान्धी र स्लेडका बीच अनुचित सम्बन्ध रहेको कुरो उनीहरूले उही बेला बुझेको कुरोको संकेत दिए । अझ उनीहरूको अनुमान र कल्पनाको कुनै सिमाना नै थिएन । तर, यसबाट गान्धी किञ्चित मात्र पनि आत्तिएनन् । हरिजन उनको आप\mनो पत्रिका थियो । यी सबै आरोपहरूलाई यथावत् आफ्नो अखबारमा पुनर्मुदि्रत गरे । त्यसपछि त्यस अखबारमा गान्धीको उत्तर छापियो । गान्धीले आप\mना आलोचकलाई प्रमाण मागेर चुनौती दिए । उनले आप\mना पाठकसँग आफ्नो किसिमको संवाद कायम गरे । आप\mनाविरुद्धमा गरिएको धृणा अभिमान कट्टरपन्थी हिन्दुहरूको र खासगरी बाहुनहरूको काम हो भन्ने गान्धीको दृष्टिकोण थियो । महाराष्ट्रका बाहुनहरूको स्वामित्व र सञ्चालनमा रहेको अखबारमा गान्धीकाविरुद्ध सर्वाधिक विषबमन भएको थियो । गान्धीले यो कुरो औँल्याए । तत्पश्चात गान्धीले यस्ता आलोचनाको टेरपुच्छर नलगाउने कुरोको जानकारी दिए । एकातिर त्यस्ता कुराको निन्दा चर्कँदै थियो भने अर्कोतिर गान्धीको स्त्रीसंसर्गमा प्रयोगहरू झन्झन् घनिष्ट र अन्तरंग हुँदै गयो । विगत वर्षमा गान्धी आप\mना महिला सहकर्मीसित एउटै कोठामा सुत्दथिए । तर, तिनीहरूको बिछ्यौना फरक हुन्थ्यो । तर, यता आएर गान्धीले एउटै बिछ्यौना प्रयोग गर्न थालेका थिए । अब झन् गान्धीको प्रयोग अर्को खुट्किलोमा उक्लियो । अब गान्धीले आप\mना महिला सहकर्मीसित नांगै सुत्ने निर्णय गरे । फेबु्रअरी २२, १९४४ मा गान्धीकी पत्नीको देहान्त भयो । कदाचित् त्यसपछि नै गान्धीको नयाँ प्रयोग थालिएको हुनुपर्दछ । यकिन भन्न गाह्रो छ । अपि्रल १९४५ मा उनले यस विषयमा पत्र लेखेको पाइन्छ । बिडलालाई लेखिएको उक्त पत्रमा उनले महिला वा युवतीहरूको उल्लेख गरेका छन् । यिनीहरू गान्धीसित निर्वस्त्र सुतेका थिए । यस्ता नामहरूमा सुशीला नायर, प्रभावती, मनु गान्धी, आभा गान्धी सामेल थिए । लीलावती, राजकुमारी अमृता कौर र अरू पनि अनेकांै महिलाको उल्लेख आउँछ । यी पछिल्ला श्रेणीका आइमाईका बारेमा भने मात्रसँगै सुतेका हुन् वा नांगै सुतेका हुन् भन्न गाह्रो छ । फेरि यस किसिमको सह-शयन एउटा प्रयोगको रूपमा गरिँदै छ भन्ने जानकारी पनि सबैलाई थियो/थिएन, यकिन छैन । गान्धीका कतिपय मित्र र सहयोगीहरूले यस किसिमको क्रियाकलापको घोर विरोध गरे । उनीहरूलाई गान्धीको निर्दोषितामा शंका थिएन । गान्धीका इरादा उच्च थिए भन्ने कुरो पनि उनीहरूलाई स्वीकार थियो । तर, मानिसले कुनै पनि काम गर्दा यस कामको प्रभाव अरूका उपर के पर्छ त्यो पनि हेर्नुपर्दछ । गान्धीको देखासेखी गरेर अरूले पनि त्यस्ता प्रयोग गर्न थाल्छन् । फेरि यसै पनि सर्वसाधारण मानिस वा समाजले यस्तो कदमलाई कहिले पनि उचित मान्दैन । यस्ता कदमबाट गान्धीको लोकपि्रयता समाप्त हुने ठूलो खतरा छ, आदि-आदि । गान्धीले यी सब आलोचना सुने । तर, उनको चित्त बुझेन । गान्धीले आफूले कहिले पनि सामाजिक विधिविधानको विशेष वास्ता नगरेको कुरोप्रति उत्तरमा बताए । यसै पनि हिन्दु समाजले हरिजन वा मुसलमानलाई पटक्कै सहँदैन । तर, गान्धीका निमित्त हरिजन वा मुसलमान दुवै अत्यन्त पि्रय थिए । उहिले विद्यार्थी अवस्थामा नै स्वमूत्रपान गरेबापत उनले जातिच्यूत हुनुपरेको थियो । पछि उनले आप\mनो आश्रममा एउटी अछुत आइमाईलाई शरण दिएका थिए । हिन्दुहरू त्यसमा पनि आगो भए । तर, त्यस्ता हिन्दुसँग आफू कहिल्यै नडराएको कुरा गान्धीले सगर्व बताए । अब सेक्ससम्बन्धी आप\mनो यो महत्त्वपूर्ण प्रयोग गर्न छोड्ने कुरामा गान्धी झन् अडिग थिए । कट्टरपन्थी हिन्दुले कुरा काटे भन्दैमा गान्धी डराउनेवाला थिएनन् । हो, आप\mना निकटस्थ सहयोगीको भावनाका बारे सोच्न गान्धी तयार थिए । त्यसैले गान्धीले तत्कालका लागि आप\mनो प्रयोग स्थगन गरे । तर, केही समयको पुनर्विचारपछि गान्धी फेरि आफ्नो पुरानो निष्कर्षमा पुगेको देखिन्छ । मार्च १९४५ मा गान्धीले मुन्नालाल साहलाई पत्र लेख्दा तलको कुरा लेखे- 'म जे छु, मलाई समाजले यसो भन्छ, उसो भन्छ भनेर सम्झाउँने कोसिस गर्नु बेकार छ ।' क्रमश.....

साभार: नयाँ पत्रिका: http://www.nayapatrika.com/newsdetail.php?id=803080624534317&n_id=25

Saturday, February 23, 2008

भूमिका-लेखन र वैशाखीको समाजशास्त्र

डा. ऋषिराज बराल
जारमा देखिने धेरैजसो पुस्तकहरू च्ााहे ती साहित्यिक हुन् या गैरसाहित्यिक तिनका टाउका या पुच्छरमा मूलतः टाउकामै 'भूमिका' नामको एउटा शर्ीष्ाक जोडिएको पाइन्छ । चलन, आवश्यकता र वाध्यता भनेर जेजे तर्क गरिए पनि यसले एउटा फेसनकै रूप लिएको देखिन्छ । भूमिका कोद्वारा लेखाउने वा किन लेखाउने भन्नेमा आ-आफ्नै तर्क, मत, र विवादहरू रहेका छन् र यस्तो हुनु स्वाभाविक पनि छ । यसका सकारात्मक र नकारात्मक दुवै पक्षहरू छन् । भूमिका के हो - यथार्थतः भूमिका परिचय हो । एउटा कलाकृति वा कुनै पुस्तकको पाठमा प्रवेश गर्नुअघि त्यसबारे जानकारी दिने एउटा परिचयात्मक प्रयास भन्न भूमिका लेखाउने कामको कुरा गर्दा नयाँ लेखकहरूको यसप्रति बढी रुचि रहेको पाइन्छ । यसको अर्थ पुराना लेखकहरूले यसबारे रुचि राखेका हुँदैनन् भन्ने चाहिँ होइन । नयाँहरू चिनिन, चर्चामा आउन र स्थापित हुन बढी लालायित र छट्पटिएका हुन्छन् । आफ्नो लेखनप्रति पाठकको ध्यान जवोस् भनेर नयाँहरू ध्यानाकर्षाका नयाँनयाँ उपायको खोजीमा पनि हुन्छन् । नयाँ लेखक-साहित्यकारका बारेमा कुनै स्थापित र चर्चित लेखक तथा समालोचकले राम्रो बोलिदिए वा लेखिदिए मात्र पनि त्यसको प्रभाव पाठकहरूमा पर्छ भन्ने विश्वास पनि हुने गरेको छ । यसमा सत्यताको मात्रा पनि केही छ । कतिपयले एउटै पुस्तकमा तीन-चार जनाको टिप्पणी, भूमिका र अभिमत पनि राख्ने गरेको पाइन्छ। । यसमा 'सबैको साझा' हुने , बजार बनाउने र विस्तार गर्ने मनसाय र स्वार्थ पनि लुकेको हुन्छ । कतिपय प्रकाशकहरू बजारमा चर्चाका विषय बनेका स्तम्भकारहरू र लेखकहरू र नेताहरूलाई आकर्ष पारिश्रमिक दिएर भूमिका लेखाउने गर्दछन् र बजारशास्त्रको प्रयोग गर्दछन् । यो पनि भूमिका-लेखनसित गाँसिएको उदेकलाग्दो तर यथार्थ पक्ष हो ।कसैप्रतिको श्रद्धाभावका कारण पनि भूमिका लेख्ने-लेखाउने गरिन्छ र पनि भूमिका लेख्ने-लेखाउने काममा व्यक्तिगत रागात्मक पक्षका साथै बजार-विस्तारको स्वार्थ बढी गाँसिएको हुन्छ । नयाँ नयाँ समयमा पाठकहरूबीच परिचय नबनेको अवस्थामा राम्रो सिर्जना र कलाकृतिले पनि पाठको ध्यानाकर्षा गनै नसकेर बजार पाउन सक्तैन । बोल्नेको मकैको पीठो पनि रातारात बिक्ने जमाना हो यो । प्रचारप्रसार र होहल्ला गरेर सडेको र काम नलाग्ने माललाई पनि ताजा र सुन्दर भनेर र मानेर किनबेच गर्ने जमाना हो । सोह्रसय ब्रिmी नभए पनि सोह्रहजार भनेर हल्ला गर्ने यस जमानामा बिनाप्रचार-प्रसार राम्रो कृति पनि पाठकको ध्यानमा नपुग्न सक्छ । यस्तो अवस्थामा विशेषज्ञ वा स्थापित व्यक्तिले केही भनिदिनु वा लेखिदिनु महत्त्वपर्ूण्ा कार्य हुनसक्छ । यस्तोबेला इमान्दार अग्रज र समालोचकहरूले स्रष्टाको क्षमता र प्रतिभाबारे केही भन्नु र बोल्नु स्वभाविकमात्र होइन आवश्यक नै हुन्छ तर व्यवहारमा यो पक्ष त्यति स्वाभाविक र इमान्दारीका साथ आएको पाइँदैन । के को प्रशंसा गर्ने र कसको प्रशंसा गर्ने भन्ने कुरासित कृति मात्र नगाँसिएर जातीय, क्षेत्रीय, लिङ्गीय आग्रहका साथै नाता-सम्बन्ध र व्यक्तिगत रागात्मक पक्ष पनि गाँसिने गरेको पाइन्छ । फलस्वरुप परिचयात्मक सर्न्दर्भभन्दा अर्कै कार्य प्रधान बन्ने बन्दछ । यति हुँदाहुँदै पनि भूमिका लेख्ने कार्य सबै गलत, स्वार्थप्रेरित र रागात्मक मोहसित मात्र गाँसिएको हुन्छ भनेर म भन्दिन र पनि लेख्ने र लेखाउने कार्यसित केही न केही स्वार्थ त गाँसिएकै हुन्छ । आफ्नो बारेमा राम्रो लेखिदेओस् भन्ने चाहना भूमिका लेखाउनेमा हुनु स्वाभाविकै हो । यस्तो आशा पूरा गर्न लेखिने भूमिकामा इमान्दारीको निर्वाह कुन हदसम्म हुन्छ होला भन्ने कुराचाहिँ सोचनीय छ । प्रशंसा खोजेर आफ्नो अनुकूल भूमिका लेखाउने भनेको वास्तवमा वैशाखीको खोजी नै हो । यथार्थतः परिचय, प्रशंसा र बजार-विस्तार जस्ता कुराबाट भूमिका-लेखन पृथक रहन सक्तैन । 'अमुकद्वारा भूमिका लेखिएको' भनेर प्रचार गरिने परम्पराबाट पनि भूमिका-लेखनसित बजारशास्त्र र पाठक-मनोविज्ञान गाँसिएको कुरा सहजै अनुभव गर्न सकिन्छ ।विश्व साहित्यको इतिहास अध्ययन गर्दा भूमिका-लेखन कार्य आपFmँैमा एउटा विशिष्ट कार्य बनेको यथार्थ हाम्रा सामु छ । त्यहाँ पनि यो पक्ष विशेष चर्चा र बहस बनेको इतिहास पाइन्छ । यति मात्र नभएर भूमिका आफैँमा सोध र अनुसन्धानको विषय बनेको पनि पाइन्छ । त्यतातिर नगएर नेपाली समाज र साहित्यको मात्रै कुरा गर्दा पनि भूमिका- लेखन एउटा रोचक सर्न्दर्भ बनेको तथ्य देखापर्दछ ।नेपाली साहित्यको इतिहास हर्ेदा केही व्यक्तिहरू भूमिका-लेखन र पुस्तक-परिचय लेखकका रुपमा बढी चिनिएका पाइन्छन् । आजभोलि बजारमा देखिने गाइड लेखकहरूलाई लेखक-साहित्यकार भनेर नाम लिनुपर्ने वाध्यता जस्तै भूमिका लेखकमै वा पुस्तक परिचय लेख्नमै सीमित व्यक्तिलाई समालोचक भन्नुपर्दा एकदमै विरक्त लाग्ने गर्दछ । तर पनि यो एउटा यथार्थ बनिसकेको छ । भूमिका लेख्ने काम समालोचकहरूबाटै हुनुपर्छ भन्ने आग्रहचाहिँ गर्नु हुँदैन । कवि, कथाकार, उपन्यासकार, सचेत पाठक र राजनीतिज्ञ पनि भूमिका लेखक हुने गरेको छ र यस्तो हुनुलाई अन्यथा ठान्नु पनि हुँदैन । भूमिका-लेखनसित गाँसिएको एउटा महत्त्वपर्ूण्ा कुरा के हो भने राजनीतिक क्षेत्रमा होस् या साहित्य-कलाका क्षेत्रमा होस् निश्चित कालखण्ड र निश्चित समयमा चर्चामा जो छ त्यसैलाई भूमिका लेखनकार्यमा बढी प्रयोग गर्ने गरेको पाइन्छ । यस अर्थमा निश्चित पात्रद्वारा लेखाउनुमा वैचारिक सामिप्य, व्यक्तिगत श्रद्धा वा रागात्मकता मात्र लुकेको छैन बरु यससित अन्यपक्ष पनि जोडिएको छ । यथार्थ के हो भने समकालीन समाजशास्त्र र बजारशास्त्रको भूमिकासित भूमिका-लेखनकार्य गहिरोसित जोडिएको छ ।भूमिका-लेखन र नेपाली साहित्यको कुरा गर्दा पारिजातको शरीषको फूलको निकै चर्चा गर्ने गरिन्छ । यस उपन्यासलाई लामिछानेको भूमिकाले चर्चित बनाएको भनाइ पनि कतिपयको रहेको छ । वास्तवमा यो त्यतिबेलाको समाजशास्त्र र बजारशास्त्रको कमाल मात्र थियो । कुमार जोशीको देवकोटासम्बन्धी पुस्तकमा बासुदेव त्रिपाठीको भूमिका पुस्तकभन्दा चर्चाको विषय बनेको हो प्राज्ञिक क्षेत्रमा । त्यस्तै मञ्जुलका कवितामाथि रघुपन्तको दिक्कलाग्दो भूमिका पनि प्रगतिशील पाठकबीच हाँसोको विषय बनेकै हो । एक समय थियो मार्क्सवादी कित्ताका गोविन्द भट्ट, श्यामप्रसाद, पारिजात,मोदनाथ प्रश्रतिकहाँ नयाँ लेखकहरू भूमिका लेखाउन धाउने गर्दथे । पारिजातको भूमिका लेखाउन पाए कुनै पनि नयाँ लेखक युद्ध जितेकै अनुभव गर्दथ्यो । साथै पारिजातले कसैको कृति राम्रो छ भनिदिँदा त्यसैको अर्कै प्रभाव पनि पर्नेगर्दथ्यो । पारिजात जस्तो कलाचेत र सौर्न्दर्यचेत भएको स्रष्टाले राम्रो भन्नुका पछाडि केही आधार छ भन्ने पनि तर्क गर्नु अस्वाभाविक थिएन ।समकालीन समाजशास्त्र र बजारशास्त्रको कसीमा अहिले गोविन्द भट्ट, श्यामप्रसाद शर्मा र मोदनाथ प्रश्रति असफल भएका छन् । अहिले पात्रहरू फेरिएका छन् , भूमिका लेख्ने र लेखाउने काम चाहिँ घटेको छैन । बरु यस कार्यमा उदेकलाग्दा प्रसङ्गहरू देखिएका छन् ।एक दशकअघिको कुरा हो आहुतिजीलाई पनि आफ्नो उपन्यास नयाँ घरको बजार बनाउन चैतन्य -कमरेड किरण) र मोहनव्रिmम सिंहको सहयोग लिनु आवश्यक लाग्यो । उपन्यास राम्रो छ, थियो । कविका रूपमा बढी परिचित र स्थापित आहुतिको सो उपन्यास जति चासोको विषय बन्नर्ुपर्दथ्यो बन्न सकेन । त्यहाँ पाठकीय समाजशास्त्रले काम गर्‍यो । त्यो भन्दा बढी 'साझा' बन्ने उनको बजारशास्त्रीय दर्शन नराम्रो गरी असफल भयो । 'भूमिका' भूमिकाको रूपमा नबुझिएर अर्कै रूपमा बुझियो । मलाई लाग्छ आहुतिजस्ता प्रतिभाका लागि वैशाखीको आवश्यकता छैन । त्यो समय उनले पार गरिसकेका हुन् ।यता आएर पाठकीय मनोविज्ञान र समाजशास्त्र र बजारशास्त्रका दृष्टिले माओवादी नेता , लेखक र साहित्यकारहरूको आयाम फैलिएकै हो । बजार-व्यवसाय र समकालीन समाजशास्त्रलाई ध्यानमा राखेर पनि होला माध्यमहरू यो पक्षलाई स्थान दिन बढी आतुर देखिन्छन् । बजारशास्त्र र समाजशास्त्रको समकालीन मनोविज्ञानलाई प्रयोग गरेर माओवादी नेता र लेखकहरूबाट भूमिका लेखाउने काममा यता निकै तीब्रता देखिएको छ । भूमिका लेख्ने र लेखाउने कामको स्थिति हर्ेदाचाहि“ बडो उदेकलाग्दो अवस्था देखिन्छ । माओवादी पार्टर्ीीशान्तिपर्ूण्ा सङ्र्घष्ाको नया“ चरणमा प्रवेश' गरेपछि खुला गतिविधिमा तीब्रता आउनु हुनु स्वाभाविक थियो । यसबीच पत्रपत्रिका र पुस्तक आदिहरू प्रशस्त मात्रामा प्रकशित पनि भए । पाठकहरू नयाँ कुरा सुन्न र पढ्न चाहन्थे र लामो अवधिसम्म गुम्सिएर रहेका अनुभूति र अभिव्यक्तिलाई लेखक-साहित्यकारहरू र नेताहरू पनि छिटोभन्दा छिटो र बढीभन्दा बढी मात्रामा पाठकसमक्ष ल्याउन चाहन्थेँ राजनीतिमा यो कसरी बाँच्ला भोलिको कुरा हो । साहित्य-कलामा यसलाई बढीभन्दा बढी ल्याउनर्ुपर्छ र जनयुद्धलाई कलामार्फ बचाइराख्नु पर्छ भन्ने मेरो भारणा छ । यता प्रकाशित भएका पुस्तकहरू अध्ययन गर्दा भने ती पुस्तकहरू प्रकाशित गरिहाल्नुपर्ने वा प्रकाशनयोग्य भएको अनुभूत हुँदैन । प्रकाशन गर्नुअघि सामान्य सम्पादन र परिष्कार गर्नुसमेत आवश्यक नठानिएका ती पुस्तकहरू पल्टाउँदा टीठलाग्दो स्थितिबोध हुन्छ ।माओवादी पार्टर्ीीनेता र भूमिका लेखनकार्यमा दर्ुइटा प्रवृत्ति चाहिँ विशेष टिप्पणीका विषय बनेका छन् । एउटा प्रवृति हो कामरेड प्रचण्डको लामो-छोटो जे-जस्तो किसिमको भए पनि भूमिका लेखाएर आफूलाई परिचित, स्थापित र आधिकारिक बनाउने प्रयास र अर्को हो एउटै पुस्तकमा धेरै जनाको भूमिका लेखाएर आफूलाई 'चर्चित' बनाउने प्रयास । कुरा के हो भने साहित्यकै पुस्तक भए पनि कामरेड प्रचण्डको भूमिका लेखाउनु हुँदैन भन्ने होइन, छोटो प्रतिव्रिmयाको रुपमा भए पनि गोर्कीको 'आमा' बारेको लेनिनको प्रतिव्रिmया सो उपन्यासमा राख्ने गरेको पाइएको छ र माओले पनि कवितासङ्ग्रको छोटो भूमिका लेखेका छन् । प्रचण्डले भूमिका लेख्नु बेठीक भन्न खोजिएको होइन ,तर भूमिका लेख्नु, टिप्पणी गर्नु र प्रतिव्रिmया दिनु एउटै कुरा होइनन् । भूमिका लेखाउनेले कुन उद्देश्य राखेर लेखाउन चाहेको हो, त्योचाहिँ ध्यान दिनुपर्ने कुरा हो । सरल, सहज, स्वाभाविक र सबैप्रति हार्दिक हुनुको अर्थ हलुका हुनु वा गम्भीरताको अभाव झल्किनु होइन ।कामरेड प्रचण्डको भूमिका वा टिप्पणी लेखाएर कसैले आफूलाई माओवादी पार्टर्ीीे खास मान्छे, प्रचण्डको नजिकको मान्छे वा त्यस्तै केही ठानेर आफ्नो ट्रेडमार्क बनाउन र आफ्नो पुस्तकप्रति पाठक र समालोचकको ध्यानाकर्षा गर्नसक्छ । समकालीन समाजशास्त्र र बजारशास्त्रबाट फाइदा लिने उसको चाहना हुनसक्छ । कवितासङ्ग्रह, कुनै रिपोर्ताजसङ्ग्रह वा उपन्यास भनिएर छापिएका पुस्तकहरूको चीरकालीन महत्त्व तथा पाठकीय आकर्षा भूमिका नभएर कृति नै हो । रानीतिक व्यस्तता र समयको चापबाट फर्ुसत निकालेर कामरेड प्रचण्डले आफूले भूमिका लेखेका पुस्तकहरू पूरै पढ्न भ्याउनु भयो भएन वा कति गहिराइका साथ पढ्नुभयो वा पढ्दै नपढी लेख्नुभयो, त्यो मेरो टिप्पणीको विषय होइन । भूमिकामा उहाँले लेखेका कुराहरूलाई ती कृतिले बहन गरेका छन् वा छैनन् वा उल्टै अन्तर्विरोधको स्थिति पो छ कि भन्ने कुराचाहिँ बुझ्नु आवश्यक हुन्छ । प्रचण्डलाई लोगो वा वस्तु बनाएर बजारशास्त्रको प्रयोग नगरियोस् भन्न खोजिएको हो । यसमा उहाँ आर्फ पनि सचेत हुनु आवश्यक देखिन्छ ।यसैगरी आजभोलि बजारमा देखिने कतिपय पुस्तकहरूको भूमिका-लेखन कार्य हर्ेदा बडो उदेकलाग्दो स्थिति देखापर्दछ । त्यहाँ बजारशास्त्र, समाजशास्त्र लगायत थुप्रै 'सन्तुलन' शास्त्रहरूको क्वाँटी तयार पारिएको अनुभूत हुन्छ । आफू नजिक रहेका नेता वा व्यक्तिको भूमिका मात्र लेखाउँदा अर्को नेता रिसाउला वा अर्कै अर्थ लाग्ला भनेर सबैको चारैतिरबाट भूमिका लेखाएर 'साझा र सन्तुलित' स्थिति बनाउन खोजेको हास्यास्पद स्थिति पनि कतिपय पुस्तकहरूमा अनुभूत गर्न सकिन्छ । यो पनि एउटा उदेकलाग्दो कुरा हो । राम्रो क्षमता र प्रतिभा भएका भनेर चिनिएकाहरूले समेत यसो गरिदिँदा साँच्चिकै टीठलाग्दो स्थिति बन्दछ । पार्टर्ीीाम चिन्तन भएका रोल्पाका श्यामकुमार बुढा मगरको एउटा पुस्तक प्रकाशित भएको छ ( ती आँधीमय दिनहरू । अध्ययन-चिन्तनमा रूचि राख्ने थोरै रोल्पालीहरूमध्ये उनी पनि पर्दछन् । भूमिगत जीवनमा उनीसितको सहकार्यबाट मैले प्राप्त गरेको अनुभव हो यो । निबन्ध र संस्मरणको सङ्कलन बुझिने यो पुस्तक श्यामकुमार बुढाको अनुभव र अनुभूतिको अभिव्यक्ति हो । तर पाँच-पाँच जनाको भूमिका राखेर उनले यो पुस्तकलाई बोझिलो बनाएका छन् । श्यामकुमारको लेखनलाई चिनाउन चैतन्यको भूमिका पुग्दो छ । उनले भूमिकैभूमिका लेखाएर आफँैप्रति विश्वास नभएको परिचय दिएका छन् । यस्तै टिप्पणी युवा साहित्यकार राजु क्षेत्रीको पुस्तक जेलब्रेक प्रति गर्न सकिन्छ । उनको लेखनले उनी एउटा क्षमतावान् प्रतिभा हुन् भनेर भन्न सकिन्छ । तर उनलाई पनि आफूप्रति विश्वास भएन । फेरि पनि भन्छु भूमिका लेख्नु वा लेखाउनुलाई अपराध भन्न सकिन्न मूल पुस्तककै बोझ बनेर भूमिका आयो भने यो भन्दा हाँस्यास्पद कुरा अरु केही हुँदैन ।फेरि पनि भन्छु, जुन विधा वा विषयमा भूमिका लेखिँदैछ त्यसलाई राम्रोसित बुझेको र स्रष्टालाई पनि राम्रोसित बुझेको पात्रद्वारा भूमिका लेखाउनु अन्यथा ठानिनु हुन्न । मलाई भूमिका लेख्न पटक्कै मन लाग्दैन, यो गाह्रो र इमान्दारीताको निर्वाह गर्न कठिन कार्य हो भन्न मेरो ठहर छ । यसको साटो बरू समीक्षा लेखौँला भनेर मैले आफूलाई मुक्त पार्ने गरेको छु । भूमिका लेखाउन चाहनेले अलि बढी केही आशा गरेको हुन्छ भन्ने मेरो धारणा छ । भूमिका लेख्न मरिहत्ते गर्ने कतिपय मान्छे देख्दा मलाई उदेक पनि लाग्छ । मैले पाँचवटा जति पुस्तकका भूमिका लेखेंँहुँला । सेनजीको बन्दी र चन्द्रगिरी को भूमिका लेख्दा आफूलाई असाध्यै गौरव लागेको हो । पर्ूण्ाविरामको कविता-सङ्ग्रहमा भूमिका लेख्ने काम जोखिमपर्ूण्ा छ । मैले ए मेरो आदरणीय लेकाली फूल मार्फ अनुरोध र जोखिम दुवैलाई स्वीकारेँ । गंगाजीको कथासङ्ग्रहको भूमिका लेखेर मैले दायित्व पूरा गरँे भन्ने लाग्छ । नाम भन्दिन , एउटा पुस्तकको भूमिका लेखेवापत चाहिँ म असाध्यै पछुताएको छु । भूमिका लेखेपछि गर्व र आनन्द होस् न सेनजीको जस्तो ।अन्तमा, एकाध वा विशेष प्रसङ्गलाई छाडिदिने हो भने भूमिका लेख्ने र लेखाउने कामसित पाठकीय समाजशास्त्र र बजारशास्त्र घनिष्ठ रूपमा गाँसिएको हुन्छ भनेर सहजै ठोकुवा गर्न सकिन्छ । धेरैजसोको उद्देश्य वैशाखीको समाजशास्त्र र बजारशास्त्र बनाउनु रहे पनि सबैलाई सफलता मिल्छ भन्ने चाहिँ छै्रन । क्षमता, प्रतिभा, सीप र साधना छैन भने जस्तोसुकै बडेमाको वैशाखी पनि अर्थहीन हुन्छ भन्ने कुरा हाम्रै वरिपरिको इतिहासले प्रमाणित गरिसकेको छ । वैशाखी आखिर वैशाखी नै हो । आजको उपभोक्तावादी समाजमा समाजशास्त्र र बजारशास्त्रले दुनियाँलाई घुमाएको छ, यो यथार्थ हो । तर वैशाखी केही समयको कृत्रिम सहारा मात्र हो , प्रधान कुरो क्षमता र प्रतिभा हो । असल कृतिले ढिलो वा चाँडो पाठक र समालोचकहरूको ध्यानाकर्षा गराएरै छाड्छ र निरन्तर आत्मसङ्र्घष्ाले नै स्रष्टालाई परिचित र स्थापित गराउँछ ।
गोरखापत्र [ 2064-11-11 ]

Saturday, February 2, 2008

असान्दर्भिक बाहुनवाद

राप्रउ पोखरेल
माड्साप (वरिष्ठ पत्रकार एवं साहित्यकार मदनमणि दीक्षित) ले मार्क्सवादी धाराका प्राचीन भारतीय संस्कृतिका अध्येता डीपी चट्टोपाध्यायको विचार टेकेर ब्राहमणवाद र पुरोहितवादको कुरा उठाउनुभयो । गत पुस ३० गते भएको यो कुराकानीमा उहा“को विचार चित्त बुझाउन सकिन ।

इतिहासको अवलोकन गर्दा भूमण्डलीय हिसाबले राज्यसञ्चालनको जिम्मेवारी विशिष्ट वर्गले लि“दै आएको देखिन्छ । हिमालेसियाका राज्यहरूमा त्यो वर्गलाई वर्ण्ााश्रम अर्न्तर्गत ब्राहमण-क्षत्रीय वर्ण्र्ाान्नुपर्ने हुन्छ । प्राचीनकालदेखि प्रचलित वर्ण्ााश्रम व्यवस्था हिमालेसियाको क्षेत्रमा मात्रै सीमित थिएन र छैन । अमेरिका, युरोप, अप्रिmका लगायतका समाजमा वर्ण्ााश्रमको नामै नदिएर पनि व्यवहारमा लागू भइरहेको छ । अघिको सोभियत संघ र अन्य समाजवादी देशहरूमा भने वैश्य समुदाय अर्थात् उद्योग-व्यवसायीहरूको काम सरकारले नै गर्ने हु“दँ केही भिन्नता राख्थ्यो । वैदिक परम्परा र धार्मिक इतिहासलाई हर्ेदा वर्ण्ााश्रम व्यवस्था जन्म र वंशको आधारमा विकास गरिएको थिएन । गीताअनुसार गुण र कर्मको विभागले ब्राहमण, क्षत्रीय, वैश्य र शूद्र रचिएको हो ।

पहिले सबै मानिसमात्र थिए । पछि आ-आफ्ना कर्मअनुसार वर्ण्र्ाावभाजन भयो ।
मनुष्य समाज चार प्रकृतिबाट सञ्चालित छ । श्रमिक वर्ग र्सवत्र छ, जसलाई यहँ“ शूद्र वर्ण्र्ाानियो । उद्योग, व्यापार र कृषि कर्ममा लागेका वैश्य र शिक्षक, वैज्ञानिक, व्यवस्थापक, वकिल, राजनीतिकर्मी, प्रशासक, सुरक्षा अधिकारी ब्राहमण र क्षत्रीय वर्ण्र्ाा पर्ने बौद्धिक समुदाय हुन् । यस सर्न्दर्भमा वैदिक साहित्यमा एउटा प्रसंग छ, ऋषि शेणका दर्ुइ पुत्रमध्ये जेठा देवापि ब्राहमण कर्ममा प्रवृत्त भएर ऋषि बने । कान्छा शान्तनु -देवव्रत भीष्मका पिता) राजा भए । अर्थात् एकै मातापिताका सन्तानमध्ये कर्मले एकजना ब्राहमण र अर्का क्षत्रीय भए ।

समाजको आर्थिक-सांस्कृतिक रूपान्तरणको क्रममा सामन्ती संरचनाले वर्ण्ााश्रममा गरेको विभाजन -श्रम विभाजन) कालान्तरमा वंशगत हु“दै गयो । पछि रूढ रूप लिन पुग्यो । अर्कोतिर सामाजिक अपराधीहरू आफ्नो जातीय सभाबाट दण्डित भएर नयँ“ जाति र उपजातिमा विभाजित हुने क्रम सुरु भयो । यसरी इतिहासको कालखण्डमा समाजमा विभिन्न पेसा अ“गालेका अनेक जाति-उपजातिको जन्म हुनगएको अनुमान हुन्छ । यद्यपि विश्वका अधिसंख्य समाजमा श्रम विभाजनको स्थिति र्सवदाझैं क्रियाशील रहिरह्यो । तर जातीय विभाजनको प्रचलन भने वंश परम्परामा र्सर्दै गयो । केही अति निम्नकोटीको ठानिने जाति विशेषलाई अछूत मान्ने प्रथा पनि सुरु भयो । हिन्दू जीवन-पद्धतिमा यस्ता कुरीति र कट्टर निषेध इस्लाम र इर्साईबाट प्रतिरक्षा गर्न त्यो बाटो रोजिएको थियो । तर यो वंशानुगत रहने प्रथा अमानवीय सामाजिक रूपान्तरस“गै अब क्रमशः लोप हु“दैछ । जुन अत्यन्त स्वागतयोग्य छ ।

यसरी जहँ“ पनि एक बौद्धिक र विशिष्ट वर्ग -इलिट अथवा इन्टेलेक्च्युअल) जसलाई ब्राहमण-क्षत्रीय वर्ग भन्ने गरिएको छ, ले नै राज्य र समाजलाई बौद्धिक रूपले दिशानिर्देश गर्ने एवं नेतृत्व दिने कार्य गर्दै आएको देखिन्छ । यो ब्राहमणवाद पश्चिम र पर्ूव नभनेर सामाजिक विकासस“गै प्राचीनकालदेखि सबैतिरका समाजमा रहेको हुनर्ुपर्छ । र्सवहाराको तानाशाही रहेको लेनिन र माओको देश लगायत लिंकन र गान्धीको देशमा समेत ब्राहमणवाद शक्तिशाली रह्यो ।

जातीय आधारमा बाहुनजति सबै पठित र सुविधाभोगी छन् भन्न सकि“दैन । विपन्न र अपठित बाहुनहरूको संख्या निकै छ । यहा“ चुच्चे र थेप्चेको कुरा पनि बेलाबखत कतिपय ठाउ“बाट उठाइने गरिएको छ । बौद्धिक समुदाय ब्राहमण-क्षत्रीय बोधक शब्दावलीको रूढ अर्थ लाग्ने हो भने देव गुरुङ, कृष्ण भट्टचन, ओम गुरुङहरू बाहुन-क्षत्रीय वर्ण्र्ाा पर्न जान्छन् ।

पुरेतवाद

आधुनिक समाजशास्त्री र अन्य विद्वानबाट उठाउने गरिएको विषय पुरेतवाद पनि हो । यसको विरोधमा दरिलो गरी स्वर उराल्ने प्रगतिवादी विद्वान अग्रपंक्तिमा पर्छन् । प्राध्यापक डोरबहादुर विष्ट आफ्नो चर्चित ग्रन्थ भाग्यवाद र विकास -फेटालिजम एन्ड डेभलपमेन्ट) नामक पुस्तकमा बाहुनवाद र पुरेतवाद नै विकासको बाधक हो भन्ने कुरा राख्छन् । नेपालमा पुरेतले चलाउने कर्मकाण्ड हिन्दू वर्ण्ााश्रमभित्रका सबै समाजमा व्याप्त छ । शिशुको जन्मपछि नामकरण, व्रतबन्ध, विवाह, मृत्यु संस्कार बाहुनद्वारा गराइन्छ । यो सबैले देखे-बुझेकै हो । तर आफूहरू हिन्दू होइनौं, जनजाति हौं र प्रकृति पूजक छौं भन्ने तामाङ, गुरुङ, लिम्बू, शर्ेपाहरूका समाजमा पनि वोन पो, लामा, झा“क्री, येवा, बिजुवा इत्यादि जातीय नामले पौरोहित्य कर्म व्यापक रूपमा प्राचीनकालदेखि प्रचलनमा रहेको यथार्थ कतिलाई थाहा नहुन सक्छ । तर यहँ“ जुन पुरेतवादको व्यापक चर्चा र विरोध आएको छ, यो बौद्धिक वर्ण्ााश्रमभित्र पर्ने धार्मिक कर्मकाण्डका पुरेतसित मात्रै जोर्ने गरेको देखिन्छ । यस्तो हुनुका पछाडि निश्चित उद्देश्य रहेको हुनसक्छ । यस्ता प्रसंग र बहस उठाउनेहरूले ब्राहमणवाद र पुरेतवादलाई स“गै जोडेर हर्ेर्ने गरेका छन् । त्यसो गर्दा राज्यसञ्चालक बाहुन-क्षत्री र कथित समाज नियन्त्रक पुरेत पनि बाहुन हुने कुरा बुभ्fm्न सकिन्छ । त्यो वस्तुस्थिति दर्शाएपछि सामन्ती, शोषक, उत्पीडक यथास्थितिवादी देखिने बाहुन-क्षत्रीबाट मुक्ति संर्घष्ाको घोषणा गर्न तर्कपर्ूण्ा भइदिन्छ । कार्लमार्क्सले कुनै ठाउ“मा तर्कलाई बुद्धिचातर्ुय भनेका छन् ।
हिमालेसियाली समाजमा इस्लाम र इर्साईको झैं मठवाद वा पुरेतवाद इतिहासको कुनै चरणमा हु“दो हो, तर त्यसको निश्चित स्वरूप ज्ञात छैन । इस्लाममा काजी र मुल्लाह, इर्साईमा पादरी, विशपजस्ता धर्माधिकारी हुन्छन् । मध्ययुगमा ती धर्माधिकारी मठाधीशहरूले समाजको स“गस“गै राज्य प्रशासनलाई प्रभाव पार्ने गर्थे, शासन पनि प्रत्यक्ष-परोक्षमा गर्थे । ल्ाोकतन्त्र भारतमा आज पनि भारतीय कानुनको परिधि नाघेर अलइन्डिया पर्सनल ल बोर्डले मुसलमान समुदायमा पारिवारिक र सामाजिक अपराध सम्बन्धमा निर्धक्क भएर समानान्तर अदालत खडा गरेको छ । सलमान रुस्दी र तसलिमाहरूलाई यस्तै शरियत अदालतबाट मृत्युदण्डको आदेश जारी गरिएको हो ।

राणाशासनको समाप्तिपछि हिन्दू समाजमा जात संस्कार, कर्म व्यक्तिको स्वेच्छामा आएको छ । पितृको मृत्यु संस्कार श्राद्ध कर्म, जन्म संस्कार, विवाह कर्म आज पनि धेरैले गर्ने गरेका छन् । वैदिक विधिले ती कर्महरू कसैले गरेन भने पनि जोरीपारीकाले व्यक्तिगत चियोचर्चासम्म गरिहाल्लान् कि, तर काजी, मुल्लाह वा इर्साई पुरेतले जस्तो दण्ड-सजाय दिने कुनै व्यक्ति वा निकायको अस्तित्व यहँ“ छैन । काठमाडौंका गुरुजु र राजपुरेत घराना अपवादमा पर्छन् । नत्र अल्पशिक्षा पाउनसकेका न्यून आयआर्जन गर्ने बाहुनचरीले धेरजसो पुरेतकर्म गर्छन् । त्यस्ता पुरेतले गाउ“-ठाउ“मा टपरेबाजेको दर्ुवचन पनि बेला-घडीमा सुन्नर्ुपर्छ । यहा“को समाजमा पुरेतको हैकम कहीं कतै चल्दैन । त्यस्तोलाई पनि पुरेतवाद भन्ने -

यस प्रसंगमा ज्योतिष कर्मको पनि कुरा उठन सक्छ । ज्योतिष कर्म ब्राहमण समाजको व्यवहार हो । तर यो कर्म जनजाति भनिने समाजमा पनि झा“क्री, बिजुवा, लामाहरूले गर्छन् । अचेल बाहुन र पुरेतवादको कुरा उठाएर बाहुन-क्षत्रीलाई औंला ठड्याइ“दैछ । ब्राहमणवाद विशिष्ट वर्ग -इलिट) को अर्थमा हरेक समाज र राष्ट्रले व्यवहार गत स्वीकार गरेका छन् । हाम्रो नेपाल त्यसको अपवाद हुन सक्तैन । पुरेतवाद खासमा इस्लाम र इर्साईको मठवादलाई हुबहु आयात गरिएको शब्दावली हो । नेपाली समाजको व्यावहारिक र सांस्कृतिक जीवनमा त्यसको अस्तित्व छ भन्ने आधार र लक्षण देखा पर्दैन ।

गत २/३ दशकयता यहँ“का दर्ुगम क्षेत्रमा विदेशीहरूले महिनौं र वषौं गाउ“घरमा बसेर समाजशास्त्रीय अध्ययन भनेर अनेक पुस्तक प्रकाशित गरेका छन् । तीमध्ये केही गम्भीर र वैज्ञानिक अध्ययन पनि भएका छन् । तर कतिपय विदेशी विद्वान र विदेशीको फन्डिङमा अध्ययन गरेका स्वदेशी विद्वानले पनि दुराशय राखेर, तथ्यलाई बंग्याएर निष्कर्षदिन खोजेको देखिन्छ । धेरैजसो एनजीओहरूले जाति, समुदाय, अल्पसंख्यक महिला, अपांग इत्यादि समूहको अधिकारनिम्ति सचेतना जगाउने अभियान जोडतोडले चलाएका छन् । त्यस किसिमको अभियानले जातीय, क्षत्रीय, भाषिक, लंैगिक क्षेत्रमा विभाजन खडा गरेर विद्वेष बढाउने र अन्तरसंर्घष्ाको स्थिति ल्याउनेगरी वातावरण तयार गर्दैछन् । यो रहस्य ती एनजीओका गतिविधि, कार्यसञ्चालन र आर्थिक स्रोत उपलब्ध गराउने दाताराष्ट्रलाई दिनेगरी उनीहरूले तयार गरेको प्रतिवेदनबाट चाल पाइन्छ ।

निष्कर्षा नेपाली समाजमा बाहुनवाद र कथित पुरेतवादको विरोध गरिनुको पछाडि लुकेको छल राजनीतिलाई बुद्धिजीवीले राम्ररी ठम्याउने, त्यसलाई जनसमक्ष दरिलो र भरपर्दो किसिमले राख्ने बेला भइसकेको छ ।
[साभार: कान्तिपुर दैनिक, १९ माघ २०६४, Feb 2, 2008,
नोट: बहस खुल्ला छ आफ्नो मत जाहेर गरौँ

Thursday, December 6, 2007

शृंगारदेखि वैराग्यसम्म

पिंगला, विक्रमादित्य र भतृहरि सम्वन्धि एक रोचक प्रसंग
स्वामी आनन्द
२ हजार वर्ष पूर्व उज्जयन भारतवर्षो राजधानी थियो । त्यस बेलाका दुइ प्रतापी दाजुभाइ राजा विक्रमादित्य र राजा भर्तृहरि आज पनि हिन्दुजगत्मा प्रसिद्ध छन् । यी दुवै मालवा नरेश गर्न्धर्व सेनका पुत्र थिए । राजा भर्तृहरि जेठा र विक्रमादित्य कान्छा थिए । विक्रमादित्य सानैदेखि अनुशासनप्रिय नियमनिष्ठ र विवेकशील थिए, तर भतृहरि संस्कृतका विद्वान्, दार्शनिक, भावुक, सज्जन, काव्य हृदयका रसिक र स्वच्छन्द प्रकृतिका थिए । राजपाठका लागि आवश्यक सबै गुण विक्रमात्यिमा देखेकाले राजा गर्न्धर्व सेनले उनलाई नै राज्याभिषेक गरी राजकाज दिन चाहन्थे, तर विक्रमादित्यले पिताको यो निर्णय ाई नीतिविपरीत भनी स्विकारेनन् र भतृहरिलाई राजपद दिन लगाए । भतृहरि पनि आफ्ना कान्छा भाइलाई अत्यन्त विश्वास र स्नेह गर्थे । उनले भाइ विक्रमादित्यलाई प्रधानमन्त्री बनाई राजकाजको सारा जिम्मेवारी जिम्मा लगाई आफ्नो स्वभावअनुसार सौर्न्दर्य र काव्यरसभोगमा डुब्थे । भतृहरिकी दुइ सुन्दर पत्नी थिए । तैपनि रूप लावण्य परिपूर्ण किशोरी पिंगलालाई देखेपछि उनले तेस्रो विवाह गर्ने निर्णय गरे । पिंगला अत्यन्त रूपवती हुनुका साथै धूत र चलाख थिई । प्रौढावस्थामा विवाहित कान्छी श्रीमती त्यसै पनि प्यारी हुन्छे, सौर्न्दर्य, चलाखीपनको पाशमा बाधिएका भावुक हृदयका भतृहरिलाई सजिलै कठपुतली बनाई पिंगलाले आफूखुसी राजकाजका निर्णय राजाबाट गराउन थाली । पिंगलाका कतिपय निर्णय नीतिविपरीत हुन्थे र त्यो विक्रमादित्यलाई असëय हुन्थ्यो । रानी पिंगला जति रूपवती र चलाख थिई त्यतिकै चरित्रहीन र धोकेवाज थिई । राजा भतृहरिलाई आफ्नो रूपमा गुलाम बनाइसकेर पनि उसलाई सन्तोष भएन । विक्रमादित्यलाई पनि आफ्नो रूपपाशमा बाँधेर आफ्नो गुलाम बनाउन ऊ चाहन्थी । विक्रमादित्य चरित्रवान् भएकाले त्यसमा ऊ असफल भई, तर अश्वशाला प्रमुख अत्यन्त बलिष्ठ तथा कामकलामा अति निपुण युवा चन्द्रचुर पिंगलाको सिकार बन्न पुगे । चन्द्रचुरको कामशक्तिबाट मोहित पिंगला राजासग भने प्रेम र र्समर्पणको स्वाङ रच्थी, तर उसको र्सवस्व भने चन्द्रचुरमै केन्द्रित थियो । कवि रहिमको पद छ, 'खैर, खुन, खासी, खुसी, वैर, प्रीत, मधुपानरहिमन दावे ना दवे जानत सकल जहां'-पानको कथ्था, हत्या, खोकी, आनन्द, दुस्मनी, प्रेम, मद्यपान यी कुरा जति दबाए पनि दब्दैनन्, संसारले यसका बारेमा थाहा पाइहाल्छ ।) यो कथनअनुरूप चन्द्रचुर र पिंगलाको प्रेम पनि धेरै दिन लुक्न सकेन । सबैभन्दा पहिले यसको छनक विक्रमादित्यलाई भयो । भाउजूको कुकृत्यबाट उनी पहिलेदेखि नै दुःखी थिए, तर अब परिवारको प्रतिष्ठा नै गुम्ने स्थिति आएपछि विक्रमादित्यलाई असëय भयो । दाजु उसको रूपजालमा पूर्णरूपले मोहित भएकाले यो कुरा दाजु भतृहरिलाई कसरी बुझाउने भन्ने चिन्ताले उनी ग्रस्त भए । पिंगला पनि अति चलाख भएकीले आफ्नो अवैध सम्बन्धको बारेमा विक्रमादित्यले चाल पाइसकेको उसले थाहा पाई र आफ्नो सुरक्षाका लागि राजा भतृहर्रि्रति अरू स्नेह र प्रेमको नाटक रच्न थाली, मानौं ऊ भतृहरिविना एकपल पनि बाँच्न सक्दिन । सहवासका क्षणमा स्त्रीले लठ्ठ परेको पुरुषको कानमा जे भर्छर्यो पुरुषको हृदयले सोझै स्विकार्छ । यस्तै क्षणहरूमा पिंगलाले पनि भतृहरिलाई विक्रमादित्यका विरुद्धमा नानाथरिका कुरा लगाउन थाली - 'विक्रमादित्यको चरित्र राम्रो छैन, आमासरहकी म भाउजूप्रति पनि उनको कुदृष्टि छ, साथै यस नगरसेठकी भरखरै बिहे गरेकी बुहारीप्रति पनि उसको दृष्टि राम्रो छैन । अलिकति आफ्नो भाइमा पनि नजर राख्नुहोला । उसले त हाम्रो राजवंशको इज्जत माटोमा मेटाउन थाल्यो, इत्यादि, इत्यादि ।' सहवासका मदहोस क्षणमा सुनिएका यी शब्दहरू कवि हृदयी भतृहरिको अचेतनमा गएर बसे ।
एक दिन खप्न नसकी मौका छोपेर विक्रमादित्यले भाउजूको कुकृत्यको बारेमा भतृहरिलाई सचेत गराउने चेष्टा गरे, 'दाजु, तपाईं भाउजूलाई अत्यन्त विश्वास गर्नुहुन्छ, तर मैले उहाको चरित्रको बारेमा केही शंकास्पद कुरा देखिरहेको छु ।' पिंगलाबाट सुनेको कुराले सम्मोहित भतृहरि एकदम रिसाए र केही सुन्नै नखोजी उनले हप्काए, 'विक्रमादित्य मैले सबै बुझेको छु, तिमीले किन देवीसरहकी पिंगलाको बारेमा यस्ता अपशब्द बोल्दै छौं । मेरो नजरबाट हटिहाल, मेरो रिसको कोपमा पर्यौं भने राम्रो हुनेछैन ।' जति बुझाउन खोजे पनि भतृहरिले उनको कुरा सुन्न मानेनन्, अझ उग्र भए । भविष्यमा हुने ठूलो दुघटनाको आशंकाले चिन्तित उनी भतृहरिको कोठाबाट बाहिरिए ।
पिंगलाले नगरसेठलाई बोलाई एक षड्यन्त्र रच्दै भनी, 'मेरो योजनानुसार काम गरे राज्यबाट अनेक सहयोग पाउँछौ, नत्र सारा परिवार नष्ट गरिदिन्छु' भनी भयानक धम्की दिई । नगरसेठलाई थाहा थियो राजा भतृहरि पिंगलाको औंलाको इसारामा नाच्छन् र उसको कुरा नमाने ठूलो विपत्ति आइलाग्ने निश्चित छ । यही डरले नगरसेठ रानीले भनेअनुसार गर्न तयार भए । अर्को दिन नगरसेठले राजाको दरबारमै आएर न्यायको गुहार माग्न थाले । राजाले के अन्याय भयो भनेर सोध्दा सेठले भने, 'तपाईंका भाइ विक्रमादित्य हाम्रो परिवारले भरखरै भित्र्याएकी हाम्री बुहारीप्रति आसक्त छन् र उसलाई फकाउन अनेक दूत र दासी पठाइरहन्छन् । हामीले प्रतिरोध गरे हाम्रो ज्यान लिने धम्की पठाउछन् । न्याय पाउm महाराज' यो सुनी भतृहरि रिसले बले र उनले विक्रमादित्यलाई बोलाई 'तिमी मेरो प्रिय भाइ भएकाले ज्यान बक्स दिन्छु, तर मेरो राज्यसीमाबाट बाहिर गइहाल' भनी आदेश दिए । विक्रमादित्यले सत्य बुझाउने प्रयास गरे, तर काममा अन्धो भतृहरिले केही सुन्न चाहेनन् । यो देखी विक्रमादित्यले भने, 'एक दिन यो अन्यायको लागि तपाईंले धेरै पछुताउनु पर्नेछ र मलाई सम्झेर धेरै रुनु पनि पर्नेछ । म परमात्मासग प्रार्थना गर्छु तपाईंको मंगल होस् र छिटै सद्बुद्धि पनि आवोस् ।' यति भनी उनी दरबारबाट बाहिरिए र वनमा गई तपस्या गर्न थाले ।
अब रानी पिंगलाको प्रत्यक्ष शासन चल्न थाल्यो । यसरी केही केही वर्षबिते । सोही राज्यका एक गरिब ब्राëमण एकपटक आफ्नो इष्टदेव सिद्ध गर्न घनघोर तपस्या गरिरहेको थिए । कथा छ कि उनको तपस्याबाट प्रसन्न भई उनका इष्टदेवले उनलाई दर्शन दिएर भने, 'त्रि्रो तपस्याबाट म प्रसन्न छु । म तिमीलाई यो शतायु फल दिँदै छु । यो फल खाएपछि तिमी सय वर्षम्म तिमी युवा र स्वस्थ बाँच्नेछौ ।' ती ब्राëमणले सोचे, 'म गरिब सय वर्षम्म बाँचेर के गर्ने - बरु यो फल राजालाई दिए भने उनले सय वर्षआयुसम्म राजकाज चलाउनेछन् र भोग गर्नेछन् अनि प्रसन्न भए भने मलाई पनि केही धन पनि दिनेछन् । त्यसबाट मेरो व्यवहार पनि चल्नेछ ।' यही सोची त्यो फल लिई राजाकहा आइपुगे । राजा भतृहरि त्यो गरिब ब्राëमणको आफूप्रतिको प्रेम र भक्ति देखी अति प्रसन्न भए र उसलाई अथोचित्त दान दिई बिदा गरे । राजाले सोचे, 'यो फल मैले आफैं खानुको साटो आफ्नी प्राणप्यारी रानी पिंगलालाई दिए भने उनको सौर्न्दर्य सधैं नूतन रहिरहन्छ र म उनीसग सय वर्षम्म भोग गर्न सक्छु ।' यही सोची त्यो फल लिएर उनी रानीवासतिर लागे र रानीलाई फल दिई सबै वृत्तान्त सुनाए । रानी पिंगलाले नखरा गर्दै भन्न थालिन्, 'प्राणनाथ यो त तपाईंले नै खानुपर्छ ।' तर राजाको आग्रहपछि पिंगलाले भनी, 'यो देवताको फल त्यतिकै खानु हुदैन, म नुहाएर पूजा गरी पवित्र भएर यो फल ग्रहण गर्नेछु, तपाईं निश्चिन्त भएर आफ्नो राजकाज हर्र्नुस् ।' राजा कोठीबाट बाहिरिनैबित्तिकै पिंगलाको मनमा अर्को विचार आयो र उसले आफ्ना गुप्तप्रेमी चन्द्रचुरलाई बोलाउन पर्ठाई र उसलाई अलिंगनमा भर्दै त्यो शतायु फलको बारेमा बताउँदै भनी, 'यो फल तिमी खाऊ र लामो समयसम्म मलाई यसरी नै प्रचण्डवेगले कामतृप्ति गराइराख ।' चन्द्रचुर त्यो शतायु फल लिएर घर आइपुगे । चन्द्रचुरको हृदय उज्जयनकी अति सुन्दरी नगरवधु रूपलेखाप्रति अतिशय आसक्त थियो । उनले सोचे, 'यदि यो फल मैले रूपलेखालाई दिए भने उसको यौवन सय वर्षम्म यस्तै आकर्ष भइरहन्छ र म उनको शरीरको भोग गरिरहन पाउछु ।' यो सोची उनी रूपलेखाको नाट्यशालामा आइपुगे र उसलाई भने, 'अहिलेसम्म मैले तिमीलाई केही बहुमूल्य उपहार दिनसकेको छैन, आज त्रि्रो लागि मैले अमूल्य उपहार लिएर आएको छु', यति भन्दै शतायु फलको बारेमा बताउदै उसलाई दिए । रूपलेखा त्यो फल पाएर खुसी भई र उसले भनी, 'म यो फल भोलि बिहान नुहाएर चोखो भएर खानेछु ।' तर राति उसका मनमा अनेक विचार खेल्न थाले, 'कुन जन्मको पापले यस जन्ममा मलाई अनेक पुरुषसग सहवास गरिरहनु परेको छ, अब म सय वर्षम्म जवान भइरहेँ भने आज जुन पुरुषले भोग्छ भोलि उसको छोरा र पर्सि उसको नातिले पनि आएर मलाई भोग्नेछन् । अब यो अधम शरीरलाई अझ जवान बनाएर पापै मात्रै किन कमाउनु -' एकचोटि उसले सोची यो फल फालिदिउm, तर मनमनै उसको राजा भतृहर्रि्रति गहिरो आसक्ति थियो । प्रेमी राजा भतृहरिको सौर्न्दर्य, काव्यप्रेम र विद्वत्ताबाट ऊ अत्यन्त प्रभावित थिई । 'यदि यो फल खाएर राजा सय वर्षम्म बाँचे भने मलाई पनि उनले प्रसन्न राख्नेछन् र राज्यको पनि कुशल संचालन गर्नेछन् र यो फल मैले उनलाई दिएँ भने म उनको विशेष कृपापात्र हुनेछु ।' यो सोच्दै ऊ राजमहल गई । रूपलेखाको नृत्य, संगीत र सौर्न्दर्यको भतृहरि ठूलो प्रशंसक थिए । त्यसकारण उसलाई राजालाई एकान्तमा भेट्न कुनै कठिनाइ भएन । अनुपम रूप, सौर्न्दर्य र मूल्यवान् शृंगारमा सजिएकी रूपलेखाले आफ्ना सुकोमल हातले राजाको हातमा त्यो अद्भुत फल राख्दै भनी, 'महाराज, आज मैले यो अद्भुत फल प्राप्त गरेकी छु, मैले खाएँ भने पाप मात्रै कमाउछु, तपाईंले खानुभयो भने सारा प्रजा पनि सुखी हुन्छन् ।' रूपलेखा भतृहरिको गुणगान गाउदै थिई । त्यो फल देखेर भतृहरिको होस उडिसकेको थियो । उनीभित्रको सारा मोह, प्रेम, रसरंग एकै क्षणमा बाफ बनेर उडिसकेको थियो । उनले कड्किँदै सोधे, 'यो फल तिमीलाई कसले दियो -' राजाको रौद्ररूप देखेर रूपलेखा भयभीत भई त्यो फल चन्द्रचुरले दिएको स्विकारी । तुरुन्तै राजाले चन्द्रचुरलाई समातेर हाजिर गराउने आज्ञा दिए । चन्द्रचुरलाई त्यो शतायु फल देखाउँदै सोधे, 'साँचो बताऊ यो फल तिमीले कहाबाट पायौं नत्र अहिले नै त्रि्रो शिरोच्छेदन हुनेछ ।' भयभीत चन्द्रचुरले त्यो फल रानी पिंगलाबाट पाएको बताउदै रानीसगको आफ्नो प्रेम सम्बन्धको सत्य ओकले । राजा भतृहरिको सारा मोह, प्रेम एकैक्षणमा विलीन भयो र उनमा तत्क्षण गहन वैराग्यको जन्म भयो । राजा भतृहरि सामान्य राजा भएका भए चन्द्रचुर र रानी पिंगला दुवैलाई प्रतिशोधको भावले मृत्युदण्ड दिन्थे होला, तर उनमा निर्मल ज्ञानको उदय भयो । त्यस क्षण उनले आफ्नो यो प्रसिद्ध श्लोक बोले जसको अर्थ हुन्छ, 'म शतत जसको चिन्तन गरिराख्छु, त्यो अन्य पुरुषलाई चाहन्छे र त्यो अन्य पुरुष चन्द्रचुर पिंगलालाई चाहन्न नर्तकी रूपलेखामाथि मर्छ । त्यो नर्तकी रूपलेखा मलाई प्रेम गर्छ धिक्कार छ त्यो रानीलाई, धिक्कार त्यो चन्द्रचुरलाई, धिक्कार छ त्यस रूपलेखालाई र धिक्कार म स्वयंलाई र सबैभन्दा बढी धिक्कार छ त्यस कामदेवलाई जसको वशीभूत भई मान्छे यस्तो नीच कर्म गर्न विवश छ' । यो कथन भतृहरि शतकम्को वैराग्यशतकको पहिलो श्लोक बन्न गयो । राजा भर्तृहरिलाई आफ्नो प्रिय भाइ विक्रादित्यका अन्तिम शब्दहरू सम्भना आए र उनले वनमा गई भाइलाई खोजे । भाइ विक्रमादित्यको राज्याभिषेक गरी राजपाठको कार्य उनलाई जिम्मा दिए । तिनै पराक्रमी राजा विक्रमादित्यको नाउमा विक्रम संवत् चल्यो । कुनै बेला मोह र काममा लिप्त तिनै राजा भतृहरि आफ्नो तपोबलले प्रसिद्ध योगी बने, जसबाट रचित श्रृंगार, नीति र वैराग्यका सय सय श्लोक 'भतृहरि शतकम्'का नाममा विश्वसाहित्यका अनमोल निधि बन्न पुगे ।
साभार: समय साप्ताहिक; वर्ष ४, अंक १८३,मंसिर १४-२०, २०६४

Saturday, August 4, 2007

Unforgettable Moments

Living life is just to experience it. Life runs orderly or in ad hoc is still unsolved mystery for me. I try to live orderly but circumstances do not let me to. May be everyone experiences the same. Each moment one should be ready to face some challenges.If one breaks through the challenges, he is ready to move in an order way for short period. Again another. It is somewhat order-ad hoc order-ad hoc in period.

I myself speculate to be with antagonism. I like to fly in the sky, build my home in the moon and want to stay alone in beach for months. It is only my fantasy as I can’t fulfill my desire in the same way as I hope. Every moment I have to compromise and struggle.

I haven’t been separated from my parents and family for such a long period। Oh! Korea, great! They have done a lot. I saw the peak of development when I first put my foot on my two years destination land. The airport was fully equipped with computerized surveillance system to monitor the activities of the visitors. The netted roads with clean and wide lanes all were new at the moment. It was the time of summer. There were yellow paddy fields on both sides of the road. The small mountains and the yellow paddy grains are my kins.

I am a kind of cool person who doesn’t care much about oneself for the oncoming circumstances. Though it was a kind of adventure in new world. I should be excited. It is my strange characteristic; I usually can’t express my excitement. It seems like everything is going normal. Sometimes my parents and friends worry with my behavior. They say that I can’t enjoy the moment. Any way my characteristics are developed from my childhood.

Going to the restaurant and asking for some food was a kind of battle in those beginning months. Particularly I am a non-beef eater and I use to avoid beef in my food. But eating beef is a kind of prestigious feeding habit here as it is expensive. Sometimes Koreans are kind enough to serve beef with the payment of amount sufficient to buy chicken especially for the foreigners like me. Me the poor guy; how can avoid it without knowing Hangumal.

Always carrying a diary and writing the names of the foods in my own language was my daily routine. One day I went to a restaurant and asked for fish. Because fish is my favorite food. “Please serve me the fish”, I asked her. She was surprised as she couldn’t understand. “Fishy fishy (in Korean accent)”, I again clarified. But she couldn’t get it. I took out my pen and drew the figure of fish. She smiled and said, “ah.................!”. This is really an unforgettable event.

At least I have avoided problem in dealing with waiters in these days. But I sometimes worry. If I were able to speak Korean well……. Any way I am not honest in learning Hangul. I don’t say I don’t care on language, but learning language needs interest, and necessity. If I would have strong desire and necessity I would have learnt more.

Koreans are good friends for me. Their country is highly modernized, and developed. But they still have preserved some social values which are difficult to find in most of the developed countries.

Every human are same. No differences in biological construction. Speciality is characterized by some of the simple differences.

Koreans are wise and hard working. They respect the elders. They have lot of formalities in their culture. They sit together for lunch and dinner. They share the food and dishes. In the beginning it was something strange for me. I have never shared dishes and food with other; even with my parents and my siblings. But here I did it first time. I didn’t care much about it because I was mentally prepared for the situation. Some day I talked about the dish sharing culture with my Korean mates. It was their culture which brought somewhat equal feelings among people. Otherwise I can’t imagine to share common dishes or to sit together in a sofa with my seniors especially in my office or with my professor or the boss if I were in my country. It is a kind of bad manner in case of our culture. But here the things are different. I felt bit freedom here because I can share a glass with my professor or I can frequently dance with his family.

One day my professor asked me, “Can you sing?” I said, "I can but I can’t sing in your language." He again asked, “Can you Dance?” I replied, "I can just try but I am not a good dancer as I have never danced before." Then he smiled and asked, “Then what can you do? You always study and write a poem?”

Oh god! He doesn’t know my homeland and my society. I was the guy who spent most of the time in urban area. I played football in a bare paddy field in the winter. That was the time when I was 14, or 15 years young boy. But as I completed my high school I rarely played. Sometimes I used to play volleyball in the university. I am a good Table Tennis player and a good player of Chess.

I like songs and dances. But I haven’t performed much in public places or in some occasions. Going to discotheque or night clubs is getting more and more popular in my country. But society doesn’t permit to do so because these places are most often considered to be the place for prostitution. I had never been to night club or discotheque in my life in my country. It is a strange situation to explain about it to my colleagues and my professor. So I realize they sometimes feel uncomforted of my behaviors.

I tasted alcohol for the first time in my life here. It is now a bit comfortable as I allowed entering one or two pegs of whiskey through my mouth. I don’t mind to join a dinner party whenever somebody offers me.

Every week my professor organizes dinner for all of our lab members. Most often there are drinking, singing and dancing. We use to go for trip with him. He is very kind hearted. Whenever he is free or he is alone in dinner or lunch time he invites us. His sociable attitude attracts me and makes comfortable to deal.

Without the companion of friends and professor I can’t imagine to stay in Korea. I am lucky in this case. Major part of my time used to be spent in front of computer. I remember those beginning days in Korea. I was the only foreigner in my lab. I felt like guest in the lab with every thing unknown. I was more conscious in talking with people or to use computers and stationery in the lab.

Usually in my country we used to have our separate group. When I was an undergraduate student, there were six or seven groups among forty students in my class. But I never liked such a groupism. It is natural to be together with the friends with common sentiments and behavior. But groupism to the extent where single meeting or dinner among the members is impossible is always unacceptable.

Thanks god. Koreans are nice person. In those days, they cared me a lot. They used to ask me for dinner or lunch every day or they offer coffee for me. How could I be adapted in new world without such friends? Impossible.

Thursday, August 2, 2007

नेपाली सन्दर्भमा कोन्ट्रा समुह

करिव करिव नेपालको जति नै क्षेत्रफल भएको उत्तर अमेरीकि देश निकारागुवा, इतिहासमा लामो समय सम्म स्पेनको उपनिवेशमा रहेको, करिव ४२ वर्ष सम्म तानाशाही सोमोजा परिवारको शासनमा रहेको देश अनि हिँसा , साम्राज्यवादी हस्तक्षप र राजनैतिक अस्थिरताको चपेटामा परेको देश । निकारागुवाको बिगत ५०,६० वर्षको इतिहासलाई हेर्दा धेरै कुरा अहिलेको नेपाल सँग तुलनायोग्य छन् ।

सन १९२६, २७ ताका कन्जर्भेटिभ खेमाका सेना प्रमुख इमिलियानो च्यामोराओले सत्ता हत्त्याउने प्रयास गरेपछि लिबरल खेमाका नेता अगस्टो सेयेजर सान्डिनो को समुह ले त्यसको विरुद्धमा सङ्घर्ष गरेको थियो । सोहि समयमा च्यामोराओ विरुद्धको सङ्घर्षमा अनास्तासियो समोजा गार्सिया पनि लिबरल खेमामा सङ्गठित थिए । अन्तमा तत्कालिन समस्या समाधान गर्ने प्रयास स्वरुप अमेरिकाले आफ्नो एकजना कुटनितिज्ञ हेनरी लिविस स्टिमसन लाई खटाएको थियो । उनि त्यहाँ लिवरल खेमाका धेरै जस्तो असन्तुष्ट पक्षहरुलाई अमेरिकाको प्रत्यक्ष निगरानिमा चुनाव गराउने कुरामा सहमत गराउन सफल भएका थिए । तर अमेरिकि हस्तक्षपको विरोध गरिरहेको सान्डिनोको समुहले अमेरिको निगरानिमा भएको चुनावको विरोध गर्‍यो र भाग लिएन ।

यसरी त्यहाँको मुख्य राजनैतिक शक्तिको असहमति हुँदा हुँदै पनि अमेरिकाको प्रत्यक्ष निर्देशनमा चुनाव सम्पन्न गरेपछि सान्डिनो बाहेकका लिवरल घटकहरु सत्तामा आउन सफल भए । सन १९१२ देखि निकारागुआमा रहँदै आएको अमेरिकि जलसेनालाई फिर्ता बोलाएपछि अमेरिकि हस्तक्षप विरुद्ध गुरिल्ला युद्ध चलाईरहेका अगस्तो सान्डिनो ले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यसैताका देखि तनासाह अनास्तासियो समोजा निकारागुआको नेसनल सेक्युरिटि गार्डको प्रमुखको रुपमा राजनितिमा उदाउन थालेका थिए ।

समोजा र बिद्रोहि नेता सान्डिनो विच चर्को द्वन्द्व चलेको थियो र अन्तमा १९३४ मा सोमोजाद्वारा नेतृत्व गरेको नेसनल सेक्युरिटि गार्डका मान्छेहरुले सान्डिनोको अपहरण पछि हत्या गरे । सन १९३६ मा लिवरल समुहका राष्ट्रपति जुआन वतिस्ता सरकारलाई अपदस्त गरेर अनास्तासिओ सोमोजा राष्ट्रपति बने ।

सन १९५६ मा अनास्तासिओ सोमोजाको हत्या पछि उनका छोरा लुइस सोमोजा देवेइले अनि फेरि अर्का छोरा अनास्तासिओ सोमोजा देवेइले हुँदै १९७९ सम्म करिव ४२ वर्ष सोमोजा परिवारको शासन कायम रह्यो ।

भ्रष्टाचार, नातावाद सोमोजा शासन कालका उपहार थिए । समोजाका नातेदार र आसेपासेहरुले अकुत सम्पत्ति जम्मा गरेका थिए । त्यसैबिच ७० को दशक सम्म आइपुग्दा सोमोजा शासनले निकै कडा विरोधको सामना गर्नु पर्‍यो । सान्डिनिस्टा लिवरेसन फ्रन्ट (सान्डिनिस्टा) र डेमोक्रेटिक लिवरेसन युनियन नाम गरेका दुई प्रभावशाली विरोधि पार्टिहरुले संयुक्त रुपमा सोमोजा सरकारका विरुद्धमा आन्दोलन छेडे र अन्तमा सोमोजा सरकार ढल्यो । त्यसपछि वामपन्थि सान्डिनिस्टा पार्टिको नेतृत्वमा सरकार गठन भयो ।

सान्डिनिस्टा सरकारले थुप्रै राजनैतिक र आर्थिक परिवर्तनहरु ल्यायो । आर्थिक श्रोत साधनलाई ब्यापक रुपमा राष्ट्रियकरण गर्‍यो । क्रान्तिकारी भुमिसुधार तथा शिक्षा र स्वस्थ्य जस्ता अति महत्वपूर्ण क्षेत्रमा गरेको सुधारका कारण त्यसताका किसान र मध्यम वर्गको ठूलो हिस्साले सान्डिनिस्ता सरकारलाई समर्थन गरेको थियो ।

सोभियत रुस र क्युवाको समर्थन भएको वामपन्थि समर्थक सान्डिनिस्टा सरकारलाई अमेरिकाले असहयोग गर्ने निति मात्र लिएन त्यसको विरुद्धमा प्रतिक्रान्तिकारी कोन्ट्रा समुहलाई CIA ले हतियार र तालिम नै दियो । सन १९८४ मा अमेरिकि कंग्रेसले कोन्ट्रालाई सैनिक सहयोग दिन बन्द गर्ने निर्णय गरेको थियो । तर यसलाई छल्न तत्कालिन राष्ट्रपति रोनाल्ड रेगनले इजरायल मार्फत इरानलाई हतियार वेचेर आएको पैसाले कोन्ट्रालाई सहयोग गरेको तथ्यहरु भेटिए जुन प्रसिद्ध “इरान कोन्ट्रा कान्ड” को रुपमा चिनिन्छ ।

कोन्ट्रा समुह विभिन्न सान्डानिस्टा विरोधि समुह मिलेर बनेको थियो । त्यसमा सोमोजा समर्थकहरु, र सान्डिनिस्टाबाट अलग भएका व्यक्तिहरुले नेतृत्व गरेका थिए । तिनीहरुले सान्डिनिस्टा सरकार गठन भएदेखिनै सरकारको हरेक निति र कृयाकलापको विरोध गर्ने र त्यसका विरुद्ध हिँसात्मक कारवाहिहरु सञ्चालन गर्ने गर्थे । विभिन्न जातीय नारा उचालेर अर्को समुहमाथि आक्रमण गर्थे ।

१९७९ देखि १९९० सम्ममा निकारागुआमा करिव ३०,००० मान्छे मारिएका थिए । एमनेष्टि इन्टरनेस्नल र अमेरिकि वाच जस्ता संस्थाको भनाई अनुसार कोन्ट्रा समुहले ब्यापक रुपमा मानव अधिकारको हनन् गरेको थियो । तिनीहरुले सर्वसाधरण नागरिकलाई हमाला गर्ने घरमा आगो लगाउने, बालि नस्ट गर्ने जस्ता कार्यहरु गरेका थिए । कयौँ ठाउँमा लुट र बलात्कारलाई हतियारको रुपमा प्रयोग गरेका थिए ।

एकजना सान्डिनिस्टा समर्थक मिलिसियाले एउटा बेलायति पत्रिकालाई दिएको अन्तर्वार्तामा यसो भनेका छन “रोसाको स्तन काटिएको थियो । उनको छाति चिरेर मुटु बाहिर निकालिएको थियो ।” त्यस्तै त्यसको प्रतिवादमा कोन्ट्राले एउटा पत्रमा यस्तो उल्लेख गरेको थियो “एउटा नाबालकले आफ्नै अगाडि आफ्नी आमाको बलात्कार गरेर स्तन काटिदिएको देख्यो । त्यसपछि त्यस केटा कोन्ट्रामा सङ्लग्न भयो । “

यी दुईवटा उदाहरणबाट पनि हामी अनुमान लगाउन सक्छौँ त्यसबखत कस्ता जघन्न्य अपराध भए होलान् भनेर ।

निकारागुआको विगत इतिहासलाई केलाउँदा कतिपय प्रसंग बर्तमान नेपालसँग मिल्दोजुल्दो पाइन्छ । गत वर्षको १९ दिने आन्दोलनको सफलतापछि देशमा नाटकीय ढङ्गले राजनैतिक परिवर्तन भयो । समग्र राज्यको ढाँचा र शासन शक्तिमा नै रुपान्तरण हुने दिशा तर्फ मुलुक अगाडि बढ्न थालेको छ । तर त्यस सँग सँगै अनेक किसिमका चुनौति र अराजकता पनि दिन प्रतिदिन बढ्न थालेको छ । विषेश गरेर तराइ क्षेत्रमा देखिएका हिँसाले कतै निकारागुआको आर्को रुप नेपालमा देखिन लागेको त हैन भन्ने थुप्रै आशङ्काहरु जन्माएको छ । तराई क्षेत्रमा बिगत ६, ७ महिनामा भइका हिँसात्मक घटनाहरुमा देखिएका पासविकता, महिलाहमाथि बलात्कार पछि स्तन काट्ने जस्ता जघन्य अपराधहरु ले निकारागुआको सङ्केत गरेका छन् । यहाँ पनि अनेक नामधारि हिँसात्मक सङ्गठनहरु दिन दिनै जन्मने क्रम तिब्र छ । यी सम्पूर्ण कुराको पृष्ठभूमि र विगत १९ दिने जनआन्दोलनको उत्थान देखि अहिले सम्म अमेरिकि राजदुतको चलखेल, उनका गैह्र कुटनैतिक अभिव्यक्तिहरु आदिको विश्लेषणले कतै यी हिँसात्मक संगठनहरु नेपालमा जन्मिएका कोन्ट्राहरु त हैनन् भन्ने सहज आशङ्का जन्मिन पुगेको छ ।